प्रधानमन्त्री ओलीमाथि यसकारण खनिए बाबुराम भट्टरार्इ

2018-05-22

काठमाडाैं - नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतको विदेश भ्रमण रोकेर केन्द्र सरकारले गल्ती गरेको टिप्पणी गरेका छन् ।

यो परिघटनाले संघीय पुनर्संरचनामा गएको देशमा संघ र प्रदेशबीच शंका र दुरी बढाउने बताउँदै डा. भट्टराईले संघीय सरकारले तुरुन्त यो निर्णय सच्याउन आग्रह पनि गरेका छन् ।

डा. भट्टराईले लेखेका छन्, ‘प्रदेश-२ का मुख्यमन्त्रीलाई संघीय सरकारले विदेश भ्रमणमा रोक लगाएर गम्भीर गल्ती गरेको छ । कारण जेसुकै भए–दिए पनि यसले भर्खरै संघीय पुनर्संरचनामा गएको देशमा संघ र प्रदेश बीच शंका–दूरी बढाउनेछ र गलत नजीर बसाल्नेछ ! संघीय सरकारले तुरून्त निर्णय सच्याओस् !’

आगामी मे २५–२६ मा अमेरिकाको न्युयोर्क सहरमा हुन लागेको एमएएको पहिलो साधारण सभाका लागि राउतलाई निम्ता गरिएको थियो ।

तर, सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उनको भ्रमणलाई स्वीकृति दिएन । प्रदेशको आर्थिक वर्षको बजेट निर्माण तथा कार्यक्रमलगायतका संगठनात्मक पूर्ण कामहरु गर्नुपर्ने समय परेकाले सो प्रस्तावमा जान अनुपयुक्त देखिएको ठहर मन्त्रिपरिषद्ले गरेको सूचना प्रविधि तथा सञ्चार राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिएका थिए ।

पछिल्लो प्रकरणले केन्द्र र प्रदेशबीचको टकराव सतहमा आएको छ ।

 




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ