चेन्नई विरुद्ध सन्दीपले गरे कमाल : सुरेश रैनालाई आउट गरे, धोनीको ब्याटिंग चलेन

2018-05-19

काठमाडौँ - इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किङ्सविरुद्ध आफ्नो दोस्रो खेलका क्रममा नेपाली लेग स्पिनर सन्दीप लामिछालेले आफ्नो बलिङको कमाल देखाएका छन् ।

लगातार पराजित हुँदै आएको दिल्लीले सन्दीपको कसिलो र किफायती बलिङसँगै महेन्द्रसिंह धोनी नेतृत्वको चेन्नईलाई ३४ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

दिल्लीले घरेलु मैदान फिरोज शाह कोट्लामा टस हारेर पहिले ब्याटिङ गर्दै १६३ रनको चुनौती दिएपछि जवाफी ब्याटिङमा उत्रेको चेन्नई पुरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १२८ रनमा समेटिएपछि ३झ रनको पराजय भोग्न बाध्य भएको हो ।

प्लेअफबाट बाहिरिसकेको अवस्थामा दिल्लीका लागि प्रतिष्ठाको जित दिलाउने क्रममा नेपाली लेग स्पिनर १७ वर्षीय सन्दीप लामिछानेले दोस्रो किफायदी बलिङ गर्दै चेन्नई दिग्गज ब्याट्म्यानहरुलाई खुलेर खेल्न दिएनन् ।

सन्दीपले ४ ओभर बलिङ गर्दै केबल २१ रन मात्रै खर्चिएर १८ बलमा १५ रन बनाएको अवस्थामा सुरेश रैनाको विकेट लिन सफल भए । उनीसँगै न्यूजील्यान्डका बलर टे«न्ट बोल्टले समान ४ ओभर बलिङ गर्दै २० रन खर्चिएर २ विकेट लिन सफल भए ।

सन्दीपको प्रदर्शन

यअसघि रोयल च्यालेन्जर्स बैंगलोरविरुद्धको खेलमा ४ ओभर बलिङ गर्दै २५ रन खर्चेर पार्थिव पटेलको विकेट लिएका सन्दीपले आजको खेलमा त्यो भन्दा किफायती बलिङ गरे ।

सन्दीपले भारतका प्रख्यात क्रिकेटर तथा चेन्नई सुपर किङ्सका कप्तान महेन्द्रसिंह धोनीविरुद्ध किफायती बलिङ गरे । दुवै ओपनरहरुले राम्रो स्कोर गर्दै पेभेलियन फर्किएपछि क्रिजमा आएका धोनीविरुद्ध सन्दीपले ११ औँ ओभरमा बलिङ गरेका थिए । धोनीका पार्टनर ब्याट्सम्यान सुरेश रैनाविरुद्ध पनि सन्दीपले कसिलो बलिङ गरे ।

उनले ११ औँ ओभर बलिङ गर्दै दुवै ब्याट्सम्यानलाई प्रत्येक बलमा केबल १–१ रन मात्रै बनाने मौका दिए । यसअघि दोस्रो ओभरमा सन्दीपले शेन वाट्सनविरुद्ध बलिङ गर्दै केबल २ रन मात्रै दिएका थिए ।

सन्दीपले सुरेश रैनालाई १३.१ ओभरमा पेभेलियन पठाएका थिए । सन्दीपको बलमा लामो सट प्रहार गर्न खोज्दा रैना क्याच आउट हुन पुगेका थिए । सन्दीपले यसअघि व्यक्तिगत दोस्रो ओभरमा ६ रन दिएका थिए । उनले दोस्रो ओभरमा महेन्द्रसिंह धोनी र सुरेश रैनाविरूद्ध बलिङ गरेका थिए । सन्दीपको बलमा रैना र धोनीले ३–३ रन बटुलेका थिए ।

सन्दीपले आफ्नो चौथो ओभरमा भने रवीन्द्र जडेजाका कारण केही दबाब महसुस गर्नुपर्यो । उनले १६ औँ ओभरमा बलिङ गर्ने क्रममा पहिलो बलमै जडेजाले छक्का हाने । त्यसपछि उनको बलमा जडेजाले ४ रन र धोनीले केबल एक रन लिन सके । आफ्नो चौथो ओभरमा सन्दीपले एक छक्कासहित ११ रन खर्चिए ।

त्यसैगरी आफ्नो पहिलो ओभरमा सन्दीपले शेन वाट्सनविरूद्ध बलिङ गर्दै केबल २ रन मात्रै दिएका थिए । सन्दीपले ४ ओभर बलिङ गर्दै १ विकेट लिएका छन् । उनले समग्रमा चार ओभर बलिङ गरेर किफायती सावित हुँदै केबल २१ रन मात्रै खर्चिए।

आफ्नो पहिलो ओभरका रुपमा दोस्रो ओभर बलिङमा उत्रिका सन्दीपले अस्टे«लियन क्रिकेटर शेन वाटसनविरुद्ध कसिलो बलिङ गरेका थिए । दोस्रो ओभरको पहिलो, तेस्रो, चौथो, पाँचौ र छैटौँ बलमा सन्दीपले वाट्सनलाई एक रन पनि लिने मौका नदिई कसिलो बलिङ गरे । सन्दीपको दोस्रो ओभरको दोस्रो बलमा वाट्सनले २ रन लिएका थिए ।

आईपीएल अन्तरगत शुक्रबार राति फिरोज शाह कोट्लामा भएको खेलमा टस हारेर दिल्लीले पहिले ब्याटिङ गर्दै १६३ रनको चुनौती दिएको थियो ।

कसले कति बनाए ?

दिल्लीको १६३ रनको लक्ष्य पछ्याएको चेन्नईका लागि अवान्ती रायडुले २९ बलमा अर्धशतक पुरा गरे । अन्य व्याट्म्यानको प्रदर्शन विर्सन लायक रहयो ।

दिल्लीका लागि बोल्ट र अमित मिश्राले २–२, तथा सन्दीप र पटेलले १–१ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रेका दिल्लीका लागि रिसभ पन्तले सर्वाधिक ३८ रनको योगदान दिए । हर्षल पटेल र विजय शंकरले समान ३६–३६ रनको योगदान दिए । चेन्नईका लागि लुङ्गी न्ग्देीले सर्वाधिक २ विकेट लिन सफल भए ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ