ला लिगा : रियलको सेल्टा भिगोविरुद्ध प्रभावशाली जित

2018-05-13

काठमाडौं - स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिडले प्रभावशाली जित निकालेको छ । ला लिगाको यस सिजनमा उपाधि होडमा समेत आउन नसकेको रियलले सेल्टा भिगोविरुद्ध ६-० को जित निकाल्न सफल भएको हो ।

रियल मड्रिको घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडका मुख्य स्ट्राइकर क्रिस्टियानो रोनाल्डो भने सहभागी थिएनन् ।

रियल मड्रिडको फराकिलो अन्तरको जितका लागि बेलले २ गोल गरे । उनले खेलको १३ औं र ३० औं मिनेटमा गोल गरेका हुन । इस्कोले ३२ औं मिनेटमा गोल गरे । त्यसैगरी अचरफ हकिमीले ५२ औं मिनेटमा गोल गरे । टोनी क्रुसले ८१ औं मिनेटमा गोल गर्न सफल भए । सेल्टा भिगोका डिफेन्डर सर्जी गोमेजले ७४ औं मिनेटमा आत्माधाती गोल गरेका थिए ।

३७ खेलबाट ७५ अंक बनाएको रियल मड्रिड अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । ला लिगाको यस सिजनमा रियल मड्रिडले एक खेल मात्रै खेल्न बाँकी रहेको छ । यस सिजनको लिगको उपाधिमा भने बार्सिलोनाले कब्जा जमाइसकेको छ ।

शनिबार कै खेलमा गेटाफेविरुद्ध १-० को जित निकालेको एथ्लेटिको मड्रिड ३७ खेलबाट ७८ अंकसहित दोस्रो स्थानमा छ ।
एक खेल कम खेलेको उपाधि विजेता बार्सिलानाको ९० अंक छ । एथ्लेटिको मड्रिड र रियल मड्रिडबीच दोस्रो स्थानका लागि प्रतिस्पर्धा देखिन्छ त्यसको टुंगो दुवैका अन्तिम खेलले मात्रै लगाउने भएको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ