आइपिएल : बैंग्लोरविरुद्धको खेलमा सन्दीपले लिए विकेट

2018-05-13

काठमाडौं - नेपालका सन्दिप लामिछानेले आईपीएलको डेब्यू खेलमा विकेट लिएका छन् । दिल्ली डियरडेभिल्समा आवद्ध उनले शनिबार रोयल च्योलेन्जर्स बैंग्लोरविरुद्ध डेब्यू गरेका थिए ।

तर, उनको टिम बैंग्लोरसँग ५ विकेटले पराजित भएको छ र प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १८१ रन बनायो । रिसव शर्मा पन्तले ६१ रन बनाउादा अभिशेक शर्माले डेब्यू खेलमै अविजित ४६ रन बनाए ।

बैंग्लोर जवाफी ब्याटिङमा उत्रँदा दिल्लीका कप्तान श्रीयस ऐयसले सन्दिपलाई पहिलो ओभरमा नै बल थमाए । त्यो ओभरमा ६ रन दिएका सन्दिपले आफ्नो दोस्रो ओभरको चौथो बलमा पार्थिव पटेललाई ६ रनमा एलबीडब्लू धरापमा पारे ।

उनले ४ ओभरमा २५ रन दिए ।

बोल्ट र सन्दिपले क्रमशः दोस्रो र तेस्रो ओभरमा विकेट लिएपनि विराट कोहली र एबी डिभिलियर्सले ११८ रनको साझेदारी गर्दै जितको आधार तयार पारे । कोहली ७० रनमा आउट भए डिभिलियर्स ७२ रनमा अविजित रहे ।

यो हारसँगै दिल्ली समूह चरणको २ खेल बााकी छादै बाहिरिएको छ भने बैंग्लोरको गणितीय सम्भावना कायमै छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ