इरानले गोप्य परमाणविक कार्यक्रमु चलाएको इजरेलको आरोप

2018-05-01

काठमाडौ - तेहेरानले आफ्नो परामाणु महत्त्वाकांक्षाबारे विश्वलाई ढाँटेको भन्ने प्रमाणित गर्ने हजारौँ पाना भएका दस्तावेजहरू आफूसँग रहेको भन्ने इजरेलको दाबीलाई इरानले अस्वीकार गरिदिएको छ।

इरानी विदेशमन्त्री जभाद जारिफले अन्तर्राष्ट्रिय परमाणू उर्जा निकायले सम्बोधन गरिसकेका पुराना आरोपहरूलाई पुन ः मिलाएर प्रस्तुत गरिएको टिप्पणी गरेका छन्। उनले इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले इरानसँग अन्तराष्ट्रिय परमाणु सम्झौता तोड्ने अमेरिकी राष्ट्रपतिको चाहनालाई पूरा गर्न मद्दत गर्न पछिल्लो दाबी प्रस्तुत गरेको आरोप लगाए।

नेतन्याहुले ती दस्तावेजहरूले सन् २०१५ को सम्झौतापछि इरानले आफ्नो परामाणु ज्ञान अभिवृद्धि गर्ने कामलाई निरन्तरता दिइरहेको प्रमाणित गरेको बताएका छन्। अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले भनेको छ इजरेलले सार्वजनिक गरेका विवरण केही समय पहिले नै आफ्नो जानकारीमा आएका विवरणसँग मेल खाएको छ र इरानले गोप्य रुपमा आफ्नो परमाणु कार्यक्रमलाई निरन्तरता दिइरहेको छ। तर राष्ट्रपति ट्रम्पले आगामी दुई हप्तापछि निर्णय गर्दा उक्त सम्झौता तोड्ने या नतोड्ने केही खुलाएका छैनन्। लामो समयदेखि ट्रम्पले उक्त सम्झौता इरानको पक्षमा भएकाले त्यसलाई खारेज वा संशोधन गर्नुपर्नेमा जोड दिदैँ आएका छन्। तर उक्त सम्झौताका अन्य हस्ताक्षरकर्ता ब्रिटेन, फ्रान्स र रूसले ट्रम्पलाई उक्त सहमतिबाट अलग नहुन भनिरहेका छन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ