धितोपत्र : १२ दलालले मागे २६ शाखाको अनुमति

2018-05-01

काठमाडौँ - धितोपत्र दलाल व्यवसायीहरू शाखा विस्तारमा जुटेका छन् । १२ वटा धितोपत्र दलाल व्यवसायीले नेपाल धितोपत्र बोर्डमा २६ वटा नयाँ शाखा सञ्चालनको अनुमति माग्दै निवेदन दिएका छन् । व्यवसायीहरूले दाङ, जनकपुर, दमक, वीरेन्द्रनगर, भक्तपुर, भैरहवा, पोखरा, टाँडी, कावासोती, विराटनगर, वीरगन्ज, बुटवल, जनकुपर र बिर्तामोडमा शाखा सञ्चालनका लागि निवेदन दिएका छन् ।

सो निवेदनउपर अहिले अध्ययन भइरहेको बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरेले बताए । हाल नेपालमा ५० वटा दलाल व्यवसायी छन् । जसमध्ये ४१ वटा दलालले व्यवसायीले ४१ वटा शाखा सञ्चालन गरेका छन् । तर, ९ व्यवसायीले भने हालसम्म एउटा पनि शाखा विस्तार गरेका छैनन् ।

नीतिगत व्यवस्था गर्दै बोर्ड
पछिल्लो समयमा दलाल व्यवसायीहरू उपत्यकाबाहिर शाखा विस्तार गर्न उत्साही देखिएका छन् । आवश्यकताअनुसार नयाँ स्थानमा शाखा विस्तार गर्न अनुमति दिन सक्ने प्रावधान भए पनि कस्तो क्षेत्रमा अनुमति दिने भन्ने विषयमा कुनै मापदण्ड नभएको बोर्डका सहप्रवक्ता घिमिरेले बताए । त्यसैले यस विषयमा नीतिगत व्यवस्था गर्ने तयारी भएको उनले बताए ।

प्रदेश १ र ५ मा आकर्षित
धितोपत्र बोर्डका अनुसार प्रदेश नम्बर १ र ५ मा शाखा विस्तार गर्न व्यवसायीहरूले बढी चासो देखाएका छन् । सो प्रदेशमा सात/सातवटा दलाल व्यवसायीले शाखा सञ्चालनका लागि निवेदन दिएका छन् । प्रदेश नम्बर १ दमक, विराटनगर, धरान, बिर्तामोडमा शाखा सञ्चालनका लागि निवेदन परेको छ भने ५ नम्बर प्रदेशमा दाङ, भैरहवा, बुटवल र कावासोतीमा समेत दलाल व्यवसायी इच्छुक देखिएका छन् । त्यसैगरी धितोपत्र दलाल व्यवसायी जनकपुर क्षेत्रमा पनि आकर्षित देखिएका छन् । सो स्थानमा तीनवटा दलाल व्यवसायी सुमेरु सेक्युरिटिज, नासा सेक्युरिटिज र अग्रवाल सेक्युरिटिजले चासो देखाएका छन् । जनकपुरमा अहिलेसम्म कुनै पनि दलाल व्यवसायी पुगेका छैनन् ।

पोखरामा धेरैको आकर्षण
अधिकांश दलाल व्यवसायी व्यापारिक केन्द्र र सुगम स्थानमा बढी केन्द्रित देखिएका छन् । यसअघि नै सातवटा दलाल व्यवसायीले शाखा सञ्चालन गरिसकेको पोखरामा थप तीनवटा दलालले शाखा सञ्चालनका लागि निवेदन दिएका छन् । त्यस्तै, यसअघि नै पर्याप्त शाखा सञ्चालन भएको बुटवल र विराटनगरमा पनि शाखा सञ्चालनका लागि अनुमति मागिएको छ ।

दमकमा चार शाखा प्रस्ताव
दमकमा मात्र चारवटा कम्पनीले नयाँ शाखा सञ्चालन गर्न निवेदन दिएका छन् । सुमेरु सेक्युरिटिज, नासा सेक्युरिटिज, सनी सेक्युरिटिज र श्रीहरि सेक्युरिटिजले शाखा सञ्चालनका लागि निवेदन दिएका छन् । दमकमा यसअघि शाखा सञ्चालन गरिएको छैन । वीरेन्द्रनगरमा इम्पेरियल सेक्युरिटिजले सुर्खेत जिल्लाको वीरेन्द्रनगरमा शाखा सञ्चालनका लागि बोर्डमा निवेदन दिएको छ ।

४१ वटा शाखा सञ्चालन
हाल ५० वटा दलाल व्यवसायीले बाँके, कास्की, पर्सा, मोरङ, सुनसरी, रुपन्देही, झापा, काभ्रेलगायतका जिल्लामा ४१ वटा शाखा सञ्चालन गरेका छन् । जसमध्ये सबैभन्दा धेरै शाखा पोखरामा खोलिएका छन् । पोखरामा हाल ७ वटा दलाल व्यवसायीले शाखा सञ्चालन गरेका छन् । यस्तै, विराटनगर र बुटवलमा ५/५ वटा दलाल व्यवसायीका शाखा सञ्चालित छन् । नारायणघाट र धरानमा ३/३ वटा शाखा सञ्चालित छ । नेपालगन्ज, हेटौँडा, इटहरी र वीरगन्जमा २/२ वटा शाखा सञ्चालनमा छन् । त्यस्तै, बिर्तामोड ४, बनेपा ३, लमजुङ र धनगढीमा एक/एक वटा शाखा सञ्चालित छन् ।

के छ प्रक्रिया ?
शाखा सञ्चालनका लागि दलाल व्यवसायीले निवेदन दिएका स्थानमा उपयुक्त लागेमा बोर्डले सहमति दिन सक्नेछ । शाखा सञ्चालन गर्नका लागि बोर्डको प्रावधानअनुसार दलाल व्यसायीले पाँचजना कर्मचारी, पाँचवटा कम्प्युटर, ३ सय स्क्वायर फिटको स्पेस भएको कार्यालयसहितको पूर्वाधार खडा गर्नुपर्नेछ । पूर्वाधार निर्माणपछि बोर्डले अध्ययन गरेर वा आवश्यक परे कार्यालयको निरीक्षण गरेर शाखा सञ्चालनको अनुमति दिन सक्नेछ ।


नयाँ पत्रिकाबाट




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ