नौ महिनामा १५ बैंकले अर्ब भन्दा बढी कमाए (सुचिसहित)

2018-04-29

काठमाडौं - नौ महिनाको अवधिमा एक अर्बभन्दा बढी नाफा आर्जन गर्ने बैंकको संख्या १५ पुगेको छ। हालसम्म सार्वजनिक भएको त्रैमासिक वित्तीय विवरण अनुसार राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेस्टमेन्ट, नबिल, नेपाल, एभरेस्ट, कृषि विकास, हिमालयन, स्ट्यान्डर्ड चार्टर्ड, ग्लोबल आइएमई, एनएमबी, नेपाल एसबिआई, प्राइम कमर्सियल, सिद्धार्थ, सानिमा र सिटिजन्स बैंक अर्बभन्दा बढी नाफा कमाउनेको सूचीमा परेका छन्।

चालु आर्थिक वर्षको नौ महिनाको अपरिष्कृत वित्तीय विवरणमा १५ वाणिज्य बैंकले अर्ब रुपैयाँभन्दा बढी नाफा देखाएका छन्। पुरानो ऋण असुली, ब्याज आम्दानी र विदेशी मुद्रा कारोबारबाट भएको आम्दानीले नाफा अर्ब नाघेको हो।

मुलुकका २८ वाणिज्य बैंकमध्ये सबैभन्दा बढी नाफा कमाउनेमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक परेको छ। राष्ट्रिय वाणिज्य बैंकले चालु आवको तेस्रो त्रैमाससम्ममा तीन अर्ब ८ करोड रुपैयाँ नाफा गरेको छ।

चैतसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार, नेपाल इन्भेस्टमेन्ट दोस्रो बढी नाफा कमाउने बैंक बनेको छ। यसले चालु आवको तेस्रो त्रैमाससम्ममा दुई अर्ब ८२ करोड रुपैयाँ नाफा गरेको छ।

नबिलले दुई अर्ब ७९ करोड रुपैयाँ नाफा पु-याएर तेस्रो बढी नाफा कमाउने बैंक बनेको छ। चौथो बढी नाफा गर्नेमा सरकारी स्वामित्वकै नेपाल बैंक परेको छ। उसले सार्वजनिक गरेको नौ महिनाको वित्तीय विवरणमा दुई अर्ब ५६ करोड रुपैयाँ नाफा पुगेको उल्लेख छ।

पाँचौं बढी कमाउने बैंकमा एभरेस्ट बैंक परेको छ। उसले उक्त अवधिमा एक अर्ब ८० करोड कमाएको छ। सनराइज, बैंक अफ काठमाण्डू र एनआइसी एसिया अर्ब क्लबमा नपरे पनि अर्बनजिक पुगेका छन्।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकहरुले आकारका हिसाबमा राम्रै नाफा कमाएको देखिए चुक्ता पुँजीको आकार समेत बढेकाले तिनका लगानीकर्ताले पाउने प्रतिफलमा भने त्यत्ति ठूलो अन्तर नआउने बैंकर बताउँछन्। ‘समग्रमा नाफा बढेको देखिए पनि सेयरहोल्डरले पाउने प्रतिफल भने १५–२० प्रतिशत नै होला,’ नाम उल्लेख नगर्न आग्रह गर्दै एकजना बैंकरले भने, ‘चुक्ता पुँजी पनि बढेको छ नि!’

बैंकहरुले लगानी बढाएकाले नाफा बढ्दै गएको एक बैंकरले बताए। बैंकहरुको चुक्ता पुँजी बढेकाले नाफा बढ्नुलाई उनले स्वाभाविक भने। उनले भने, ‘बैंकहरुले दिने प्रतिफल नघटाउन पनि नाफा बढाउनु पर्छ।’ चालु आर्थिक वर्षमा लगानीको वातावरणमा सुधार आएको र कर्जाको माग पनि बढेकाले नाफा वृद्धि भएको बैंकरहरुको भनाइ छ।

चालु आर्थिक वर्ष तरलता (लगानीयोग्य पुँजी) को अभावका कारण बैंकहरुको नाफा खासै बढ्न नसकेको हो। ‘ब्याज आम्दानीका कारण नाफा बढेको हो,’ उनले भने, ‘व्यापारको आकार बढेकोले बैंकको नाफा पनि बढेको हो।’

बैंक लगायत पब्लिक लिमिटेड कम्पनीहरुले त्रैमासिक वित्तीय विवरण उक्त अवधि सकिएको १५ दिनभित्र सार्वजनिक गरिसक्नुपर्ने कानुनी प्रावधान छ। यसअघि ३५ दिनभित्र वित्तीय विवरण प्रकाशित गरे हुने प्रावधानलाई राष्ट्र बैंकले कटौती गरी १५ दिनमा झारेकाले पनि तेस्रो त्रैमास सकिएलगत्तै सार्वजनिक गर्ने हतारोमा बैंकर थिए।

पहिल्लो समय बैंकहरुले निक्षेप र लगानी दुवै बढाएका छन्। औसतमा हेर्दा चालु आवको पहिलो नौ महिनामा गत वर्षको भन्दा बैंकहरुको खुद ब्याज नाफा बढेको देखिन्छ। कर्जाको विस्तार पनि बढी देखिन्छ। कर्जासँगै निक्षेप पनि बढेकाले आउँदो त्रैमासमा बैंकहरुको नाफा अझ बढ्न सक्ने संकेत देखिएको बैंकरहरु बताउँछन्।

गत आवको तुलनामा लगानी वातावरणमा सुधार हुँदै गएकाले पनि बैंकको नाफा आगामी त्रैमासमा अझै बढ्ने अपेक्षा बैंकरहरुले गरेका छन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ