सौगात मल्लको 'घनचक्कर' आउने

2018-04-24

काठमाडौँ - नायक सौगात मल्ल अभिनित चलचित्र घनचक्करको छायांकन सुरु भएको छ । जितेन्द्र राजोपाध्यायद्वारा निर्देशित चलचित्रमा सौगातका अलावा सलोन बस्नेत, जेबी डिसी, आशान्त शर्मा, ममता प्रधान, शिशिर भण्डारी, दामोदर पौडेल, जनक घर्तिमगर, प्रवन भुसाल लगायतले अभिनय गरेका छन् ।

चलचित्रको मुख्य नायिका अर्थात सौगात मल्लको अपजिटमा को खेल्दै छ भन्ने चाही निर्माण पक्षले खुलाउन चाहेन । यसबारेमा दुनियाँखबरले राखेको जिज्ञासामा निर्देशकले भने - 'हामी छिट्टै एक औपचारिक कार्यक्रमका माझ नायिकालाई एक्स्पोज गर्नेछौं ।'

भट्ट एण्ड सन्स प्रोडक्सनको ब्यानरमा निर्माण भैरहेको चलचित्रको मुख्य सहायक निर्देशन बिनोद खतिवडा र सहायक निर्देशन शान्ति तामाङ्ग र भरत रौनियारले गरिरहेका छन् । काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा शुटिंग चलिरहेको चलचित्रलाई सुसन प्रजापतिले खिचिरहेका छन् । चलचित्रको प्रोडक्सन म्यानेजरमा बिमल धमला रहेका छन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ