रोहिंग्या फिर्ता भएको दावी झूटो : बंगलादेश

2018-04-18

ढाका - बंगलादेशले पाँचजना रोहिंग्या शरणार्थी फिर्ता भएको दाबी झूटो भएको बताएको छ। म्यान्माले बंगलादेशमा शरण लिएका पाँच रोहिंग्या स्वदेश फिर्ता भएको सूचना सम्प्रेषण गरेको थियो।

सैनिक कारबाहीपछि म्यान्माबाट करिब ७ लाख रोहिंग्या विदेश पलायन भएका थिए। म्यान्मा सरकारले आइतबार रोहिंग्या परिवारका पाँच सदस्य पश्चिमी रखाइन राज्यमा फिर्ता भएको भन्दै तस्बिर पनि सार्वजनिक गरेको थियो। उनीहरू स्वदेश फर्कने पहिलो टोली भएको म्यान्माले जानकारी दिएको थियो। शनिवार ती पाँचजना नवनिर्मित स्वागत केन्द्रमा आइपुगेका थिए। बंगलादेशका गृहमन्त्री असदुज्जमां खान कमाले यो सबै झूटो भएको खुलासा गरेका छन्। बंगलादेशको सीमा कसैले पनि पार नगरेको उनले स्पष्ट पारे।

म्यान्माका समाज कल्याण मन्त्री विन म्येट अयेले कागजातविना आएका उनीहरूलाई चिनेर स्वदेश फिर्ता हुन दिएको बताएका थिए। बंगाली गृहमन्त्री कमालका अनुसार म्यान्मामा बस्दै गरेका राष्ट्रिय परिचयपत्र भएका व्यक्तिको तस्बिर राखेर म्यान्माले हल्ला गरेको हो। म्यान्माले रोहिंग्यालाई नागरिकता दिने गरेको छैन। उनीहरू बंगलादेशको सीमा नजिकैको मौंडगाउँमा अस्थायी रूपमा आफन्तकहाँ बस्दै आएका रोहिंग्या भएको ढाकाले जनाएको छ।

बंगलादेशले स्वदेश फिर्ताका लागि म्यान्मालाई ८ हजार शरणार्थीको नामावली दिएको छ। त्यसमा उनीहरूको नाम र तस्बिर नभएको कमालको भनाइ छ। त्यो परिवार बंगलादेशको सीमामै नआएको उनले बंगलादेशले दाबी गरेको छ।


अन्नपुर्णबाट




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ