१५ महिनामा पाइपबाट तेल

2018-04-18

काठमाडौँ - बहुप्रतिक्षित मोतिहारी–रक्सौल–अमलेखगंज पेट्रोलियम पाईपलाईन निर्माण आयोजनामा पाईप गाड्ने कार्य सुरु भएको छ । मंगलबार सिमरामा बाराका प्रमुख जिल्ला अधिकारी विजय नारायण मानन्धरले पाईप गाड्ने कार्यको शिलन्यास गरे ।

गत फागुन २३ देखि आयोजनाले पाईपको वेल्डिङ कार्य सुरु गरेको थियो । जीतपुरसिमरा उपमहानगरपालिका २ स्थित तराई यातायात व्यवसायी संघको धर्मकाँटा नजिकबाट सोमवार खाडल खन्ने कार्य सुरु गरिएको थियो ।

भारतको रक्सौलदेखि बाराको अमलेखगंजसम्मको ३६.२०६ किलोमिटर लामो पेट्रोलियम पाईप लाईन बिस्तारको जिम्मा भारतीय कम्पनी ‘लिखिथा ईन्फ्रास्टक्चर प्रा.लि.ले पाएको छ ।

नेपाल आयल निगमको सिमरास्थित पेट्रोलियम पाईप लाईन आयोजना कार्यालयका आयोजना विज्ञ शरदकुमार पौडेलले पाईप लाईन विस्तार कार्य आगामी १५ महिना भित्र सक्ने लक्ष्य रहेको जानकारी दिए । अबको १५ महिना भित्र काम सक्ने गरि निर्माणको जिम्मा भारतीय कम्पनीले पाएको पौडेलले बताए ।

निर्धारित समय मैं आयोजना सम्पन्न गर्न नेपाल र भारतका तीन सय बढी प्राविधिकहरुले एक साथ काम गरिरहेकोले कुनै अबरोध नभए निर्धारित समय मैं कार्य सम्पन्न हुने नेपाल आयल निगम क्षेत्रीय डिपो अमलेखगंजका प्रमुख ईन्जिनियर प्रदिप यादवले बताए ।

उनका अनुसार, मोतिहारी देखि रक्सौल सम्म पाईप बिच्छाउँने कार्यका लागि भारतीय दुई सय ७५ करोड लाग्ने भएको छ । यो रकममध्ये लुई सय करोड भारतीय पक्ष र बाँकी रकम नेपालले खर्च गर्ने सहमति भएको छ ।

आयोजना सम्पन्न गर्न छोटो समयमा भारतीय पक्षले गरेको कार्यको प्रसंशा गर्दै प्रमुख जिल्ला अधिकारीले पाईप लाईन निर्माणका क्रममा देखिएका कठिनाईहरु जीतपुर बजार क्षेत्र, पथलैया अमलेखगंजमा रहेका वन जंगल, परवानीपुर बजार क्षेत्र एवंम् नेपाल–भारत सिमा लगायतमा देखिएका अप्ठाराहरुलाई निराकरण गर्दे अगाडि बढ्ने बताए ।

निर्माण स्थलको माटो परिक्षण पछि भारतमा निर्माण गरिएको औसत साँढे ११ मिटर लम्बाईका पाईप वेल्डिङ गरि जोड्ने कार्य पनि सँगसँगै चलिरहेको छ । पाईपको मोटाई १०.७५ ईन्च र पाईप लाईनको गहिराई साँढे २ मिटरसम्म रहने छ ।

 

नयाँ पत्रिकाबाट




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ