युवा संघमा फुट, नेपाल पक्षको पत्रकार सम्मेलन गर्ने तयारी

2018-04-17

काठमाडौं - दुई ठुला वामघटकबिच पार्टी एकताको अन्तिम तयारी भइरहँदा नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालमा भने विभाजन आएको छ । युवा संघको नयाँ नेतृत्वको चर्चा चलिरहेका बेला नेता माधवकुमार नेपाल पक्षले युवा संघ विभाजन गर्दै समानान्तरु कमिटी घोषणा गरेका हुन् ।

मंगलबार मध्यान्ह पत्रकार सम्मेलन गरेर समानान्तर कमिटीको घोषणा गर्ने तयारी छ । अध्यक्ष राजीव पहारी, पूर्व अध्यक्ष महेश बस्नेतलगायतको समूह बामपन्थी एकतादेखि विधि र नियम मिच्न उद्दत रहेको ठहर गर्दै समानान्तर कमिटि गठनको निर्णय युवासंघका एक समस्यले बताए । युवा संघलाई राजनीतिक संगठन भन्दा लुटीखाने भाँडो बनाएर चलाएको ठहर नेपाल समूहको छ । नेपाल समुहमा युवा संघबाट उपाध्यक्ष दिलु पन्त, सचिव नरेश शाही, क्रान्ति बुर्लाकोटी लगायत रहेका छन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ