आईपीएलमा कोलकातासंग दिल्लीको नराम्रो हार

2018-04-17

काठमाडौं - इण्डियन पि्रयिमर लिग (आईपीएल) अन्तर्गत सोमबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली डेयर डेभिल्सलाई ७१ रनले पराजित गरेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा नौ विकेट गुमाउँदै २०० रन बनाएको थियो । २०१ रनको लक्ष्यसहित व्याटिङ सुरु गरेको दिल्ली डेयरडेभिल्स १४ ओभर २ बलमा अलआउट हुँदै १२९ रनमात्र बनाउन सक्यो ।

दिल्लीका लागि म्याक्सवेलले २२ बलमा ४७ र रिसब पन्तले २६ बलमा ४३ रन बनाए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकको स्कोर गर्न सकेनन् ।

बलिङतर्फ सुनिल नराइन र कुलदिप यादवले ३-३ विकेट लिए ।

यसअघि सुरुमा व्याटिङ गरेको कोलकाताका लागि नितिश रानाले सर्वाधिक ५९ रनको योगदान दिए । ३५ बल सामना गरेका उनले ५ चौका र ४ छक्का प्रहार गरे ।

बलिङतर्फ राहुल टेवाटियाले तीन विकेट लिए भने । ट्रेन्ट बोल्ट र क्रिश मोरिसले समान २-२ विकेट हात पारे ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ