मायामा धोका भयो ? पीडा भुल्न यसो गर्नुहोस् !

2018-04-17

जब मायामा धोका पाइन्छ तब मान्छेको मन टुट्छ। उसको मन कुनै काममा लाग्दैन । भित्रभित्र जल र पीडा हुन्छ । संसार निरस लाग्न थाल्छ । र, ज्यानमा उत्साह अन्त्य हुन्छ । त्यसैले यहाँ केही यस्ता टिप्स उल्लेख गरिँदैछ, जुन ब्रेकअपपछिको पीडाबाट बाहिर आउन सहयोग पुग्नेछ ।

कुनै आफन्तसँग कुरा गर्नुस्

ब्रेकअपपछि कसैसँग कुरा गर्ने मन हुँदैन। तर कुनै यस्तो व्यक्तिसँग गर्नुस्, जसले तपाईलाई बुझ्न सक्दछ । त्यसबाट तपाईलाई शान्ति प्राप्त हुनेछ । जोसँग पनि मन लाग्छ ब्रेकअपका बारेमा खुलेर कुरा गर्नुस् ।

साथीहरुसँग घुम्नुस

अब तपाई फ्री हुनुहुन्छ । तपाईलाई कसैलाई भेटिरहनुपर्ने टेन्सन छैन। त्यसैले आफ्ना साथीहरुलाई फोन गर्नुस र घुम्न निस्कनुस्। नयाँ मानिसहरुसँग भेटघाट गर्ने र घुलमिल हुँद तपाईलाई राम्रो महशुस हुनेछ ।

जीवनमा केही नयाँ गर्नुस्

जीवनमा केही न केही त मानिसमा परिवर्तन भइरहनु पर्दछ । घुमघाम गर्दा तपाईको सोच्ने दायरा पनि फराकिलो हुन्छ । यदि कतै न कतै लागिरहेको छ कि कुनै अरु ठाउँमा घुम्न जाउँ, त्यो मनको इच्छा पूरा गर्नु राम्रो । आफ्नो लुक्सका साथ पनि तपाई यो प्रयोग गर्न सक्नु हुन्छ ।

यादबाट टाढा जानुस्

उसँग जोडिएका स्मृतिहरुलाई नष्ट गर्दा तपाईलाई निकै सहयोग पुग्नेछ । उसका साथ लिइएका तस्वीर इत्यादिनलाई नष्ट गरिदिनुस्। केही कुरालाई सुखद् यादका रुपमा तपाई राख्न पनि सक्नुहुनेछ । तर ध्यान रहोस त्यो चिज तपाईको नजरबाट टाढै होस् । पटकपटक नदेखियोस् ।

फलो नगर्नुस्

सामाजिक सञ्जालमा अनफलो गरिदिनुस् । र, कुनै पनि प्रकारको सम्पर्कबाट बच्नुस् । चाहनु हुन्छ भने त केही समयका लागि फोन नम्बर प नि डिलिट गरिदिनुस् ।

स्वयमलाई व्यस्त राख्नुस्

आफ्नो शरीर र दिमागलाई केही न केहीमा व्यस्त राख्नुस् । चाहनु हुन्छ भने त संगीत सुन्नुस् । एक्सराइज गर्नुस वा फेरि केही लेख्नुस् । जति कम तपाई सोच्नु हुनेछ त्यति नै चाँडो तपाई यो पीडाबाट मुक्ति पाउनु हुनेछ ।

मानिसहरुसँग भेटघाट गर्नुस्

हरेक व्यक्तिको जीवनमा कुनै न कुनै बेला कसै न कसैसँग प्रेममा धोकाको शिकार भएकै हुन्छन् । सबैलाई आफूले धोका खानुलाई सबैभन्दा ठुलो पीडादायी घटना लाग्दछ । त्यसैले नआँत्तिनुस्, यो निकै सामान्य कुरा हो । विस्तारै विस्तारै सबै ठिक हुँदै जानेछ । मानिसले भरिएको यो संसारमा तपाईले पनि भनेजस्तो साथी पाउनु हुनेछ, बस स्वयमप्रति भरोसा राख्नुस् । खोजी जारी राख्नुस् । एजेन्सी




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ