१५ दिनमै फेरी बढ्यो पेट्रोल र डिजेलको मूल्य ! किन चुप भए बिद्यार्थी संगठन ?

2018-04-17

काठमाडौँ - नेपाल आयल निगमले सोमबार रातिदेखि लागू हुने गरी इन्धनको मूल्य वृद्धि गरेको छ । निगमले प्रतिलिटर पेट्रोलमा एक, डिजेल र मट्टीतेलमा दुई–दुई रुपैयाँ वृद्धि गरेको हो ।

सोमबार बसेको निगमको सञ्चालक समितिको बैठकले अन्तर्राष्ट्रिय बजारको मूल्यअनुसार इन्धनको मूल्य समायोजन गरेको हो । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार नयाँ मूल्यअनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६ रुपैयाँ र डिजेल तथा मटिट्तेलको मूल्य प्रतिलिटर ८७ रुपैयाँ कायम गरिएको छ ।

यसअघि पेट्रोलको प्रतिलिटर एक सय पाँच रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य ८५ रुपैयाँ कायम भएको थियो ।

नेपालमा पनि अन्तर्राष्ट्रिय बजारको मूल्यअनुसार इन्धनको मूल्य समायोजन गर्दै जाने व्यवस्था लागु भएपछी इन्धनको मुल्यमा छोटो छोटो समयमै फेरबदल आउने गरेको छ । संयोग भनौ नेपालमा यो ब्यबस्था लागु भएपछी अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको बढ्यै छ । त्यसकै मारमा जनता पिल्सिएका छन् । पहिला पहिला ५० पैसा बढ्दा समेत सडक तताउने, नारा-जुलुस गर्ने बिद्यार्थी संगठन यो ब्यबस्था लागु भएपछी भने मौन छन् । फलत यसले नेपाल आयल निगम स्वेछाचारिता तर्फ नजाओस, मनोमानी नहोस ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ