एफबीआइका पूर्व निर्देशक कोमी भन्छन् : 'ट्रम्प राष्ट्रपति पदका लागि अयोग्य'

2018-04-16

बिबिसी - अमेरिकी संघीय अनुसन्धान निकाय एफबीआइका पूर्व निर्देशक जेम्स कोमीले महिलाहरूलाई अपमानजनक व्यवहार गर्ने डोनल्ड ट्रम्प राष्ट्रपति पदका लागि नैतिक रुपमा योग्य नभएको बताएका छन् ।

एबीसी न्यूजलाई दिएको एउटा अन्तर्वार्तामा उनले रुससँग ट्रम्पलाई तर्साउन प्रयोग गर्न मिल्ने सामाग्री भएको हुनसक्ने बताए ।

उनले राष्ट्रपति ट्रम्पले न्यायलाई अवरोध गरिरहेको केही प्रमाण निश्चित रुपमा रहेको उल्लेख गरेका छन् ।

ट्रम्पले ट्विटरमा कोमीको आलोचना गर्दै उनलाई ‘ठग’ र ‘नराम्रो व्यक्ति’ भनेका छन् ।

कोमीले ट्रम्प राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न मानसिक रुपमा आयोग्य नभए पनि निरन्तरको झुठोपन र महिलाबारेका धारणाका कारण उनी असक्षम रहेको उल्लेख गरे ।

अघिल्लो वर्ष ट्रम्पले पदबाट बर्खास्त गरेपछि दिएको पहिलो टेलिभिजन अन्तर्वार्तामा कोमीले यी धारणाहरू राखेका हुन् ।

उनले ट्रम्पका लागि साँचो कुराले खासै महत्त्व नराख्ने टिप्पणी गरे ।

उक्त अन्तर्वार्ता प्रसारण हुनुभन्दा घण्टौं अघि कोमीविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका ट्रम्पले उनले ‘धरै ढाँटेको’ उल्लेख गरेका थिए ।

उनले भने, “हाम्रा राष्ट्रपतिले यो देशका आधारभूत मान्यतालाई सम्मान र पालना गर्नैपर्छ । सबै भन्दा मूल कुरा सत्य हो। तर राष्ट्रपतिले त्यसो गर्न सकिरहनुभएको छैन ।”

ट्रम्प र कोमीबीच लामो समय यता द्वन्द्व चलिरहेको छ ।

कोमीले आफ्नो आत्मकथा प्रकाशनमा ल्याउन लागेपछि दुई बीचको विवाद अझ चुलिएको छ ।

एफबीआइका पूर्व प्रमुख हाल आफ्नो पुस्तकको प्रचार प्रसारमा व्यस्त छन् ।

ट्रम्पले ‘नराम्ररी समीक्षा गरिएको पुस्तक’ले ठूला सवालहरू खडा गर्ने बताएका छन् । त्यसबाहेक उनले कोमीलाई थुनामा राखिनुपर्ने पनि धारणा राखेका छन् । बीबीसी




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ