आएपीएलको शीर्षस्थानमा हैदराबाद, को-को भिड्दैछन् आज ?

2018-04-15

भारत - इन्डियन प्रीमियर लीग (आइपीएल)को ११ औं संस्करण अन्तर्गत आइतबार दुईवटा खेल हुदैछन् । अपरान्ह ४ बजे हुने पहिलो खेलमा बेंग्लोर र राजस्थान भिड्दै छन् भने राति सवा ८ बजेपछि सुरु हुने दोस्रो खेलमा चेन्नई र पञ्जाव भिड्ने छन् ।

शनिबार भएको खेलमा सनराइजर्स हैदराबादले तेस्रो जित निकालेको छ । कलकातामा गएराति भएको खेलमा कोलकाता नाइटराइडर्सलाई पाँच विकेटले हराउँदै हैदराबादले तेस्रो जित निकालेको हो ।

घरेलु टोलीले दिएको १३९ रनको लक्ष्य हैदराबादले १९ ओभरमा ५ विकेट गुमाएर भेट्टाएको हो । हैदराबादको जितमा केन विलियम्सनले ५०, सकिव अल हसनले २७ र ऋद्दिमन सा ले २४ रन बनाए ।

जितसँगै अहिलेसम्म खेलेका तीनवटै खेल जितेको हैदराबाद अंक तालिकाको शीर्ष स्थानमा छ । पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ८ विकेट गुमाएर १३८ रन बनाएको थियो । कोलकाताका क्रिस लायनले ४९ र दिनेश कार्तिकले २९ रन बनाएका थिए ।

अर्को खेलमा दिल्ली डेयरडेभिल्सले मुम्बई इण्डियन्सलाई ७ विकेटले पराजित गरेको छ। नेपालका युवा स्पनिरन सन्दीप लामिछाने आवद्ध दिल्लीको यो पहिलो जित हो। यसअघि दिल्ली लगातार २ खेलमा पराजित भएको थियो। सुरुवाती तीनै खेलमा सन्दीपले भने मौका पाउन सकेनन्। मुम्बई भने लगातार तेस्रो खेलमा पराजित भयो।

मुम्बईले दिएको १ सय ९५ रनको लक्ष्य दिल्लीले अन्तिम बलमा ३ विकेटको क्षतिमा पार गर्योग। दिल्लीको जितमा ओपनर जासन रोएले नटआउट ९१ रन जोडे। उनले ५३ बलमा समान ६–६ चौका र छक्का प्रहार गरे। रिशव पन्तले २५ बलमा ४७ र श्रेयर एयर नटआउट २७ रन बटुले।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ