पहिला सरकारले गरेका निर्णय नउल्ट्याउन प्रधानमन्त्रीलाई कांग्रेस नेता खड्काको चेतावनी

2018-04-15

काठमाडाैं - नेपाली कांग्रेसका नेता तथा सासंद डा. नारायण खड्काले अहिलेको सरकारले जोसिला र महत्वाकांक्षी योजना बनाएको भन्दै त्यसलाई पूरा गर्न सुझाब दिएका छन् ।

रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कार कार्यक्रममा बोल्दै खड्काले सरकारले राम्रा काम गर्नका लागि दुई तिहाई भएर मात्रै नहुने भन्दै हरेक क्षेत्रलाई सन्तुलित रुपमा राख्न सक्नुपर्ने बताए ।

“राजनीतिक स्थायित्व र दुई तिहाईले मात्रै हुँदैन । आर्थिक, सामाजिक, कुटनीतिक लगायतका पक्ष सन्तुलित हुनुपर्छ । दुई तिहाईको अभिमानले सन्तुलन विग्रेला ।” खड्काले सचेत गराए ।

प्रमुख प्रतिपक्ष दलमा ६३ जना मात्रै सासंद छन् भनेर नहेप्न खड्काले सरकारलाई चेतावनीसमेत दिए । प्रतिपक्षसँग मिलेर जाने भनिए पनि पहिलेको सरकाले गरेका निर्णय उल्ट्याउने चर्चा चलेको भन्दै खड्काले त्यसो नगर्न आग्रह गरे ।

“यो सरकार लोकतन्त्रप्रति कति प्रतिवद्ध छ हामी हेर्छौँ । दुई तिहाईको दम्ब देखिने गरी राष्ट्रहित विपरितका काम हुन थाले भने हामी चुप लागेर बस्दैनौँ । प्रतिपक्षमा ६३ जना छन् भनेर सोही अनुसार व्यवहार गरियो भने कांग्रेसको लाखौँ क्रियाशिल सदस्य चुप लागेर बस्दैनन् ।” खड्काले भने ।

अहिलेको सरकारको विरोध वा समर्थन गर्ने बेला आइनसकेको भन्दै खड्काले केही काम भने राम्रो भएको बताए । पूर्व भिआइपीहरुलाई दिइएको सुरक्षाकर्मी फिर्ता बोलाउने सरकारको निर्णय स्वागतयोग्य भएको भन्दै खड्काले प्रशंसा गरे ।

तर कृषिमा निर्भर नागरिकको संख्या घटाउने, कृषि उत्पादन चार गुणा बढाउने भन्ने जस्ता प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिवद्धता हचुवाको भरमा ल्याइएको खड्काको भनाई छ ।

“कृषिमा निर्भर जनताको संख्या घटाएर ति जनतालाई केमा लगाउने ? पाँच वर्षमा नै कृषि उत्पादन चार गुणा कसरी बढ्छ ?” खड्काले प्रश्न गरे ।

शनिवार प्रधानमन्त्री ओलीले गरेको विशेष सम्बोधनमा कृषि प्रधान देशलाई कृषि सवल देश बनाउने, कृषिमा निर्भर जनसंख्या ५ वर्षमा २५ प्रतिशतमा सीमित गर्ने, कृषि उत्पादकत्व ५ वर्षभित्र चारगुणा बढाउने र राष्ट्रिय अर्थतन्त्रमा कृषिको योगदान २० देखि २५ प्रतिशतमा सीमित गर्ने लगायतका कुरा समावेश थियो ।

सोहि कार्यक्रममा बोल्दै संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितले कर्मचारीलाई दिने भनिएको स्वेच्छिक अवकासको निर्णय अहिलेका लागि स्थगित भइसकेकाले कर्मचारीहरुलाई काममा फर्किने निर्णय गर्न सुझाब दिएका छन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ