आइपिएलमा दिल्लीको अर्को हार, सन्दीपले मौका पाएनन्

2018-04-12


दिल्ली - इन्डियन प्रिमियर लिगमा दिल्ली डेयरडेभिल्सले लगातार दोस्रो हार ब्यहोरेको छ। वर्षाले प्रभावित बुधबारको खेलमा दिल्लीलाई १० रनले हराउँदै राजस्थान रोयल लगातार दोस्रो खेलमा विजयी भएको हो।

डर्क वर्थ लुइस (डिएल) नियमका आधारमा राजस्थानले दिल्ली डेयर डेभिल्सलाई १० रनले हराएको हो।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले १७.५ ओभरमा ५ विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो। राजस्थानले पुरा २० ओभर नखेल्दै वर्षा भएको थियो। वर्षा रोकिएपछि डिएलका आधारमा दिल्लीले ६ ओभरमा ७१ रनको लक्ष्य पाएको थियो ।

तर, दिल्लीले ६ ओभरमा ४ विकेट गुमाएर ६० रन मात्र बनाउन सक्यो।

दिल्लीका लागि क्रिस मोरिसले अविजित १७ रन बनाउँदा ग्लेन म्याक्सवेलले १७ रन बनाए। रिसव पन्तले २० रन थपे पनि त्यो जितका लागि पर्याप्त रहेन। राजस्थानका बेन लौगलिनले २ विकेट लिएका थिए।

यसअघि राजस्थानले १७.५ ओभरमा ५ विकेट गुमाउँदै १५३ रन बनाएको थियो। उसका लाग कप्तान अजिन्का रहानेले ४५ रन बनाए भने सन्जु समसनले ३७ रन जोडे।

त्यस्तै जोस बटलरले २९, बेन स्टोक्सले १६, राहुल त्रिपाठीले अविजित १५ रन बनाए । दिल्लीका लागि सहबाज नदिमले २ तथा ट्रेन बोल्ट र मोहम्मद सामीले समान १-१ विकेट लिए।

नेपाली बलर सन्दीपले दिल्लीको दोस्रो खेलमा पनि मौका पाएनन्। आइपिएलमा बिहीबार सनराइजर्स हैदरवाद र मुम्बई इन्डियनबीच प्रतिस्पर्धा हुनेछ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ