खुमवहादुर खड्कालाई सम्झेर यसरी भाबुक बने कांग्रेस नेताहरु

2018-04-11

देउखुरी समाचारदाता (दिवाकर पोख्रेल) - नेपाली कांग्रेसका सभापती शेरवहादुर देउवाले स्वर्गीय खुमवहादुर खड्का सबैभन्दा शुरो नेता भएको बताएका छन् । पार्टी, कार्यकर्ता र जनताको लागि सोच्ने साहसी नेता खुमबहादुर जस्तो साहासी शुरो नेता आफूले अहिले सम्म नदेखेको भन्दै प्रशंसा गरे ।

नेपाली कांग्रेस दाङले आयोजना गरेको स्वर्गीय नेता खड्काको १३ औं दिनको श्रद्धाञ्जली सभा कार्यक्रममा बोल्दै पार्टी सभापती देउवाले भने - “खुमवहादुर जी महान नेता हो,मैले भनिरहनु पर्दैन उहाँ शुरो नेता हो ।' पाटीले स्वर्गिय नेता खड्काको स्वस्थ्य उपचारको लागि हरदम प्रयास गरेको जानकारी दिदै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले खड्काको निधनले पार्टी र राष्ट्रलाई ठूलो क्षती भएको बताए ।

स्वर्गीय नेता खुमहवादुर खड्का पक्षधर नेताहरु तर्फ संकेत गर्दै सभापती देउवाले केही नेताहरुले खड्का प्रति पार्टी नेतृत्वले बेवास्ता ग¥यौ भन्नु गलत भएको टिप्पणी गरे । पार्टीको रक्षा गर्न नेपाली कांग्रेस एकजुट भएर लाग्न आवश्यक रहेको भन्दै उनले पार्टीलाई एकजुट बनाएर लाग्नु नै खड्का प्रर्ति सच्चा श्रद्धाञ्जली हुने तर्क गरे ।

त्यस्तै फरक प्रशंगमा सभापति देउवाले सरकार शक्तीको दुरुपयोग गरीरहेको भन्दै आपत्ती जनाए ।

यस्तै श्रद्धञ्जली सभा नेपाली कांग्रेसका महामन्त्री शसांक कोइरालाले नेपालमा ८० प्रतिसत नेपालीहरु हिन्दु धर्ममा आस्था राख्ने हुनाले नेपाल हिन्दु धर्म कायम गर्न तर्फ नेपाली कांग्रेस सोच्नुपर्ने बताए । “खुमवहादुर जीको पनि चाहाना त्यही थियो हिन्दु राज्य कायम गरेप्छी मात्रै सच्चा श्रद्धाञ्जली हुन्छ ।” कोइरालाले भने ।

कार्यक्रममा सहभागि स्वर्गीय खुमहवादुर पक्षधरका केन्द्रीय सदस्यहरुले पार्टी नेतृत्वले आफू निकटहरुलाई काखी च्याँप्दै खुमवहादुर प्रति अपमान गरेको आरोप लगाएका थिए । कार्यक्रममा कांग्रेस नेताहरुले स्वर्गीय खुमवहादुर खड्का पुत्र अनराग खड्कालाइ राजनितिमा जोड्न केन्द्रीय पदाधिकारिको ध्यान आकर्षण गराएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु पार्वती डिसी चौधरी, प्रकाश शरण महत, देवेन्द्रराज कडेल, किशोर सिंह राठोर, शंकर भण्डारी, दिपकराज गिरी, शेकर कोइराला, महामन्त्री शसांक कोइराला लगातले बोल्नु भएको थियो । कार्यक्रमलाइ दुईदर्जन स्थानिय तथा केन्द्रीय नेताहरुले सम्बोधन गरेका थिए ।

 




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ