अल्जेरियामा सैनिक विमान दुर्घटना,सयभन्दा बढीको मृत्यु

2018-04-11

एजेन्सी - अल्जेरियामा सैनिक विमान दुर्घटना हुँदा १ सयभन्दा बढीको ज्यान गएको छ । मृत्यु हुनेको संख्या करिब २ सयसम्म पुग्नसक्ने अनुमान गरिएको छ। विमान अल्जेरियाको बौफारिकस्थित सैनिक हवाई मैदानमा बुधबार बिहान दुर्घटनामा परेको हो । उक्त विमानमा मृत्यु हुनेको संख्या २ सयसम्म पुग्न सक्ने बिबिसीले जनाएको छ ।

हवाइजहाजको पछाडीको भागमा आगो लागिरहेको दृश्य अल्जेरियाली टेलिभिजनहरुले प्रशारण गरिरहेका छन् । जहाजको पछिल्लो भाग जैतुनको रुखमाथि अड्किएर जलिरहेको दृश्य भिडियो फुटेजमा देख्न सकिन्छ ।

घटनास्थलमा सैनिक, प्रहरी तथा अग्नी नियन्त्रकहरुले उद्दारका कार्य सुरु गरेका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार, घटनास्थलमा ५० एम्बुलेन्सले घाइतेहरुलाई अस्पताल पुर्‍याइरहेका छन् ।

विमानमा कति जना सवार थिए र कति संख्यामा यात्रुको मृत्यु भएको हो भन्ने यकिन संख्या खुल्न सकेको छैन ।

अल्जेरियाली प्रेस सेवाले दिएको जानकारीअनुसार विमान अल्जेरियाको दक्षिण–पश्चिमी शहर बेचारका लागि उडेको थियो ।

सो सैनिक विमानस्थल अल्जेरियाको राजधानी अल्जियर्सबाट ३० किलोमिटरको दुरीमा अवस्थित छ ।

अल्जेरियामा ४ वर्षअघि सैनिक सेवामा रहेका कर्मचारी र तिनका परिवार बोकेको सैनिक विमान दुर्घटनामा परी ७७ जनाले ज्यान गुमाएका थिए ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ