सलमान खान जेठ १२ गते नेपाल आउने

2018-04-09


काठमाडौं - भारतीय अभिनेता सलमान खानको आगामी जेठ १२ गते नेपाल आउने भएका छन् । अघिल्लो महिना स्थगित भएको उनको भ्रमण जेठ १२ मा हुने भएको हो ।

नेपालस्थित आयोजक ओडीसी इन्टरटेनमेन्टलाई मुम्बईमा रहेको जेए इभेन्ट्सले पठाएको पत्रमा मे २६ तारिख अर्थात् जेठ १२ गते सलमान नेपाल आउने उल्लेख छ । सलमानको दबङ टूर नामक सो आयोजनाका लागि समय निश्चित गरिएको उल्लेख छ । सलमान खानसहित सोनाक्षी सिन्हा, कृति सनोन, प्रभु देवा, दिशा शाह, मिट ब्रस, मनिष पल र डान्सरहरु नेपाल आउने पत्रमा उल्लेख छ ।

कालो हरिण शिकार गरेको अभियोगमा जेल गएका सलमानले धरौटीमा रिहा भएलगत्तै नेपालको कार्यक्रमका लागि मिति तय गरेका हुन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ