बस दुर्घटना हुँदा १४ जनाको मृत्यु

2018-04-07

एजेन्सी - क्यानडाको जुनियर आइस हक्की टिम सवार बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।

सस्केचवन प्रान्तमा हमबल्ट ब्रोन्स्को क्लबका खेलाडी चढेको बस शुक्रबार साँझ लरीसँग ठोक्किँदा चालकसहित बसमा रहेका १४ जनाको मृत्यु भएको रोयल क्यानिडियन माउन्टेड प्रहरीले जनाएको छ ।

सस्केचवन जुनियर हकी लिगअन्तर्गत् निपविन हक्सविरुद्ध खेल्न खेलाडीसहित २८ सदस्य टोली बसमा रहेका थिए ।

जसमा चालकसहित १४ जनाको मृत्यु भएको र बाँकी १४ जना घाइते भएका छन् । त्यसमध्ये तीनजनाको अवस्था गम्भीर छ ।

दुर्घटनामा पर्नेमा १६ देखि २१ वर्षका खेलाडी रहेको त्यहाँको प्रहरीले जनाएको छ ।

क्यानडियन प्रधानमन्त्री जस्टिन ट्रयुडोले घटनाप्रति दुःख व्यक्त गर्दै खेलाडीका अभिभावक, क्लब तथा पीडित सबैमा समवेदना प्रकट गरेका छन्




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ