मेरो भ्वाइस युनिर्भस र मेरो डान्स युनिर्भसको ''दोश्रो सिजन'' घोषणा

2024-12-15

शुष्मा पन्थी, काठमाडौँ - नेपाल टेलिभिजनबाट प्रशारण हुने ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को दोश्रो सिजनको घोषणा गरिएको छ। शनिवार एक कार्यक्रम गर्दै आयोजक संस्था इन्ट्रा नेपाल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसनले दोश्रो सिजनका लागि प्रस्तोता र निर्णायक मण्डल घोषणा गरेको हो ।

जसअनुसार ‘मेरो भ्वाइस युनिर्भस’लाई सुरेश पौडेल र ‘मेरो डान्स युनिर्भस’लाई मौसमी गुरुङले निर्देशन गर्ने बताइएको छ ।

कार्यक्रममा ‘मेरो भ्वाइस युनिर्भस’मा गायक दीप श्रेष्ठ, सङ्गीतकार सुरेश अधिकारी, गायिका अन्जु पन्त, तृष्णा गुरुङ, गायक पुष्पन प्रधानले निर्णायकको भूमिका निर्वाह गर्ने जानकारी गराइयो ।

त्यस्तै, ‘मेरो डान्स युनिर्भस’मा निर्णायकको रुपमा अभिनेत्री मिथिला शर्मा, अभिनेता दीलिप रायमाझी, नृत्य निर्देशक शङकर विसी, किरण थापा र अभिनेत्री शिल्पा मास्के रहने बताइएको छ ।

कार्यक्रम सञ्चालकको रुपमा सञ्चारकर्मी नरेश भट्टराई, अभिनेत्री रीमा विश्वकर्मा, कमेडियन राजा राजेन्द्र पोखरेल, पूर्वमिस नेपाल नम्रता श्रेष्ठ रहने छन्। कस-कसले कुन कुन कार्यक्रम होस्ट गर्ने भन्ने अहिले खुलाइएको छैन।

दुबै प्रतियोगिताको अडिसन सन् २०२५ को जनवरी २५ बाट सुरू हुने बताइएको छ। जानकारी अनुसार अडिसन अमेरिका र क्यानडाको लागि जनवरी २५ र २६ मा अमेरिकास्थित कोलम्बस ओहायोमा, फेब्रुअरी १५ र १६ मा बेलायतको लन्डनमा, पोर्चुगलको लिस्बन, हङकङ र जापानको टोकियो मा अडिसन हुनेछ । फेब्रुअरी २२ र २३ मा युएईको दुबई, कतारको दोहा, थाइल्याण्डको बैकक, अस्ट्रेलियाको सिड्नी, नेपालको कास्कीस्थित पोखरामा अडिसन हुँदैछ । मार्च १ र २ मा भारतको मुम्बई नेपालगञ्ज, मार्च ८ र ९ मा भारतको सिलिगुढी, मार्च १५ र १६ मा झापाको दमक र मार्च २९ र ३० मा काठमाडौँमा अडिसन हुँदैछ ।

आयोजक संस्था इन्ट्रा नेपाल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले विश्वभर छरिएर रहेका नेपालीहरुको माझमा नेपाली भाषा र संस्कृतिलाई प्रबर्धन र विस्तार गरि जीवन्त राखिराख्न सघाउने उद्देश्यले यो गायन र नृत्य प्रतियोगिताको आयोजना गरिएको बताए ।

उनले भने, ‘हामीले यो कार्यक्रममार्फत नेपाली कला, संस्कृति र भाषालाई प्रवर्धन गर्न खोजेका हौँ । हामीले सोही कारण नेपाली संस्कृति र कला झल्किने प्रस्तुतीलाई अनिवार्य गरेका छौँ । अघिल्लो श्रृंखलाको तुलनामा सो झनै भव्य हुने उनले दावी गरे ।

उनले दुबै प्रतियोगिताका विजेताले जनही एक करोड, उपविजेताले जनही २५ लाख र तेश्रो हुनेले जनही १० लाख रुपैयाँसँगै अरु विभिन्न पुरस्कार प्राप्त गर्ने बताए ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ