पहिचानवादी माथि प्रश्न राख्ने चलचित्र “फिच्यो”, हेर्नुहोस युट्युबमा !

2024-12-10

फिल्म ‘फिच्यो’ अर्थात ‘कान्छी छोरी’ युट्युबमा आएको छ । स्वदेश तथा विदेशको प्रदर्शनपछि फिल्मलाई युट्युवमा ल्याइएको हो । 

नेपाली, अङ्ग्रेजी र गुरुङ गरेर तीन भाषामा निर्माण भएको फिल्ममा विश्वास गुरूङ, इन्द्र घले (काशी), टिकाराम घले, सीतादेवी गुरुङ, डिबी गुरुङ, कल्याण थापा, कृष्ण गुरुङ, सुबेदार मन्त्रीजङ गुरुङ, अञ्जना गुरुङ, पेम्बा छिरिङ शेर्पा, सिर्जना गुरुङ, बिरूप घले लगायतको अभिनय छ ।

गुरुङ समुदायको रीतिरिवाज, भेषभुषा, चालचलन सहितको कथावस्तु बोकेको फिल्म स्वदेशका आकर्षक लोकेसनमा भएको फिल्म विकास घले गुरुङको लेखन, निर्देशन तथा सम्पादनमा तयार भएको हो ।

रेड ओसियन इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्ममा प्रकाश गुरुङ (काश) का छायाङ्कन, सन्तोष श्रेष्ठ र गणेश गुरुङको संगीत छ । फिल्ममा लेखन, निर्देशन तथा सम्पादन विकास घले स्वयमको रहेको छ । भने सहायक निर्देशकमा दामोदर पौडेल र काशी घलेले रहेका छन्। फिल्ममा नृत्य गोरे गुरुङको छ ।

शान्ति माया गुरुङ (युएसए), मन्त्री जङ गुरुङ, बुद्धिमाया गुरुङ (इराक) र अविनाश यम.जि (मांगसुम) निर्माता रहेको फिल्मले एक युवतिको प्रेम संघर्ष लाई मुल कथा बनाएको छ भने बिग्रँदो सामाजिक परिस्थितिले कर्मठ र जेहेन्दार युवालाई कसरी असर पुर्याउँछ भन्ने देखाउन खोज्नुका साथै पहिचान माथि प्रश्न राखेको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ