लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद्ले पायो पूर्णता (मन्त्रीको सूचीसहित)

2023-02-12

काठमाडौं - लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। मुख्यमन्त्री लीला गिरी नेतृत्वको मन्त्रिपरिषद्ले शनिबार साँझ पूर्णता पाएको हो।

मुख्यमन्त्री गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार गरेका छन्।

प्रदेश प्रमुखको कार्यालयका अनुसार आर्थिक मामिलामन्त्रीमा जोखबहादुर महरा बनेका छन्। यस्तै, चेतनारायण आचार्य खानेपानी, ग्रामिण तथा शहरी विकासमन्त्री, इन्द्रजित थारु भौतिक पूर्वाधार विकास, विष्णुप्रसाद पन्थी स्वास्थ्यमन्त्री र कृष्णा केसी आन्तरिक मामिला, कानुन तथा सहकारीमन्त्री बनेका छन् ।

यसैगरी, दुर्गाप्रसाद चौधरी वन तथा वातावरण, जानकीप्रसाद यादव उद्योग, पर्यटन तथा यातायात व्यवस्था, तुलसीराम शर्मा, कृषि तथा भूमि व्यवस्थामन्त्री बनेका छन्।

त्यस्तै चन्द्रदेव गुप्ता सामाजिक विकासमन्त्री नियुक्त भएका छन्।

No description available.




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ