श्याम गिरी अर्थात् ‘रेडियो प्रेमी वान’ चल्तीका ‘टिकटक डान्सर’

2022-07-15

३१ असार, बाँके । बाँके जिल्लाको सेरोफेरोमा अहिले श्याम गिरीलाई ‘रेडियो प्रेमी वान’ भनेर नचिन्ने सायदै कमै होलान्। कुनै जमानामा रेडियोको माध्यमबाट उनले प्रत्येक दिन आउने कार्यक्रममा नछुटाई फोन गर्ने गर्दथे । रेडियो कार्यक्रमबाट नै उनलाई बाके जिल्ला र सेरोफेरोमा रेडियो प्रेमी श्रोताहरुले चिन्ने मौका पाए।

विभिन्न आरोह अवरोह पार गर्दै नेपाल आयल निगमको नेपालगन्ज डिपोमा २३ बर्षदेखि कार्यरत गिरी रेडियो कार्यक्रममा आम स्रोताका माझ श्याम गिरी ‘रेडियो प्रेमी वान’ नामबाट निकै परिचित छन् । रेडियोका नियमित कार्यक्रमहरुमा सधैं फोनमार्फत उपस्थिति देखाइरहने उनले आफूलाई ‘रेडियो प्रेमी वान’को नामबाट चिनाउँछन् । हुन त गिरी कुनै न कुनै रुपमा चर्चामा आइरहन्छन् ।

उनलाई नजिकबाट चिन्ने उनका बालसाखा संजय पछाईका अनुसार “अत्यन्तै सरल र सांगीतिक स्वभावका गिरीले विगत देखि नै संघर्ष गर्दै आफुलाई कला र गलाको माध्यमबाट स्थापित गराउदै आएको बताए”। उनी भन्छन मोफसलमा रहेर पनी यतिको चर्चा बटुल्नु सामान्य नभएको र सबैले कला र गलाको सम्मान गरेको देख्दा खुशी लाग्ने बताए। आफुहरु सदैव उनको सांगीतिक यात्रामा सहयात्री बन्ने गरेको उनले बताए।

सामान्य परिवारीक पृष्ठभुमीका सरल स्वभावका गिरीले पहिलो पटक ‘हे माया तिमी कहाँ छौं कहाँ’ बोलको पहिलो आधुनिक गीति एल्वम बजारमा ल्याएर अर्को चर्चा कमाए । उनकै शब्द/रचना रहेका गीतमा गायक भद्र वलीले आवाज दिएका छन् । प्रेमीप्रेमिकाले मायामा पाउने धोका र विछोडपछिको अवस्थालाई उक्त गीतमा “रेडियो प्रेमी वनले उतारेका छन्” । उक्त गीतको चाडै म्युजिक भिडियो छायाँकन गर्ने र कलाकारको रुपमा संजय पछाई र सुरज सिहं ठकुरी "सुब्बा" लाई र अर्को एक मोडल सँग कुराकानी भइरहेको उनले बताए।

“रेडियो प्रेमी वन” को उक्त गीतले युवाहरु माझ निकै चर्चा पायो । गीतमा प्रेमीले आफ्नो प्रेमिकालाई खोजी गरिरहेका हुन्छन् । प्रेमिकालाई झुटो माया नगर्न प्रेमीले आग्रह गरेका छन् । गीतमा ‘तिम्रो बाटो हेर्दा हेर्दै दिन पनि भयो रात’, ‘हे माया तिमी कहाँ छौं कहाँ’ भन्दै आफ्नो प्रेमिकालाई खोजी गरिएको छ । यस गीतको भिडियोसमेत बजारमा आइसकेको छ ।

गिरीले अहिले अरु गीतहरु पनि रचना गरिरहेका छन् । पछिल्लो समयमा गीत रचनासँगै टिकटक डान्सरका रुपमा पनि उनी आफ्नो परिचयलाई फराकिलो बनाउँदै लिएका छन् । ‘प्रेमी वान रेडियो’ टिकटक ह्यान्डलमा उनले दजनौं गीतहरुमा उनले नृत्य प्रस्तुत गरेर अहिले उनले देशविदेशमा चर्चा बटुलिरहेका छन् ।

उनको कपाल, शारीरिक बनावट र जुनसुकै गीतहरुमा पनि सहजै विभिन्न विधाका नृत्य प्रस्तुत गर्न सक्ने गिरीलाई टिकटकमा धेरैले पछ्याएका छन् । ‘आहा ! लाखौं ताराको बीचमा चन्द्रमाको प्रकाश फैलिए झैं टिकटकभर हजुरको अभिनयको जादु फैलिएको छ, शुभकामना,’ रितिका खनाल नामकी टिकटक प्रयोगकर्ताले गिरीको नृत्यको प्रशंसा गर्दै कमेन्टमा भनेकी छन् ।

टिकटक डान्सर गिरीले देशविदेशबाट आफ्नो प्रशंसा भएकोमा खुशी व्यक्त गर्नै यसले आफुलाई नृत्य प्रस्तुत गर्न थप हौसला मिलेको बताए । उनले भने, ‘मलाई धेरैले मन पराउनुभएको छ । यसका लागि म सबैलाई धन्यवादन दिन चाहन्छु । मेलै बाँके जिल्लालाई देश विदेशमा चिनाउन पनि पाएको छु । यसमा गर्व लागेको छ ।’

उनको टिकटक ह्यान्डललाई अहिलेसम्म ६० हजार बढीले लाइक गरिसकेका छन् । नेपालका सुपरस्टार भुवन केसी, हास्यकलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुस–सुन्तली), चर्चित गायिका मन्जु पौडल लगायत कलाकारलाई भेटिसकेका उनले टिकटक स्टार अंशु बर्मासँग पनि टिकटक बनाएर चर्चा कमाएका छन् ।

उनले टिकटकमा र फेसबुकमा बनाएको विभिन्न भिडियोमा हजारौ भ्युज र लाइक प्राप्त भएको देखिन्छ। आफ्नो जागिरे जीवनमा समेत सधै आफ्नो कर्तव्य र दायित्व कुशल तरिकाले निभाउने गरेको आयल निगम नेपालगंजका सहायक प्रवन्धक राजेश पाण्डेले बताए। पाण्डेका अनुसार उनले आफ्नो सांगीतिक कार्यका साथै आफ्नो जिम्मेवारी कुशलतापुर्वक निर्वाह गर्ने गरेको बताए । “रेडियो प्रेमी वन” लाई सांगीतिक जीवनको थप सफलताको लागि आफुहरुले कार्यालयबाट थप उत्प्रेरित गर्ने गरेको उनले बताए।

रेडियो प्रेमी वनको नृत्य अभिनयहरु:

 

     




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ