विप्लव, बैद्य, मोहन विक्रम र ऋषि कट्टेलको पार्टी एकता गर्ने तयारी, यस्तो छ संयुक्त आन्दोलनको कार्यक्रम

2018-04-06


काठमाडौं - विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहित अन्य चार राजनीतिक दल एकै मोर्चामा सामेल भएका छन् । उनीहरुले संयुक्त रुपमा आन्दोलनको घोषणा समेत गरेका छन् ।

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन बैद्य किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादी, मोहन विक्रम सिंह नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मसाल र ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कार्यगत एकता गरी आन्दोलनको घोषणा गरेका हुन् ।
संयुक्त विज्ञप्तिमा नेकपाबाट प्रवक्ता खड्क बहादुर विश्वकर्मा प्रकाण्ड सहित अन्य पार्टीका अध्यक्षले हस्ताक्षेर गरेका छन् ।
उनीहरुले पार्टी एकताका लागि समेत छलफल गर्ने निर्णय गरेका छन् ।

संयुक्त विज्ञप्तिमा राष्ट्र हित विपरित नेपालका प्रधानमन्त्रीहरुले भारतसँग गरेका सबै असमान सन्धी सम्झौता लागु भए त्यसको कडा विरोध गर्ने जनाइएको छ ।
त्यस्तै आगामी २४ गते प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा नेपालको अरुण तेस्रो जलविद्युत आयोजनाको उद्घाटन गर्न लागेको भन्दै राजधानी काठमाडौंमा विरोध प्रदर्शन गर्ने विज्ञप्तिमा जनाइएको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ