‘बुलाकी’ पछि चलचित्र ‘म’ मा अभिनय गर्दै नरेन खड्का

2022-01-05

काठमाडौँ - कान्तिपुर सिनेमा एकेडेमीले निर्माण गर्न लागेको चलचित्र ‘म’ मा अभिनेता नरेन खड्काको इन्ट्री भएको छ । उनको इन्ट्रीसँगै फिल्मको लाइनअप पनि पुरा भएको छ ।

फिल्मलाई सुवर्ण थापाले निर्देशन गर्दैछन। चलचित्रको शुभसाइत हुँदासम्म अनुबन्धित भइनसकेका उनलाई निर्माणपक्षले पछि भित्र्याएको हो ।सोमबारबाटै फिल्मको छायांकन पनि सुरु भएको छ ।

कर्णालीको कथामा निर्माण भैरहेको फिल्म ‘बुलाकी’को डोल्पामा भएको छायांकन सके लगत्तै नरेन ‘म’ को छायांकनमा ब्यस्त छन् ।

नरेनले ‘म’ मा जोडिन पाएकोमा खुसी व्यक्त गरेका छन् । ''चलचित्रको कथावस्तु र चरित्र राम्रो लाग्यो साथै अनुभवी डाइरेक्टरसंग काम गर्ने अवसर जुर्यो, त्यसैले यो काममा जोडिन पाउँदा निकै खुसि छु'' उनले भने ।

प्रकाश पुरीको कथा रहेको ‘म’ मा नरेनसँगै सरोज खनाल, सरिता लामिछाने, निशा अधिकारी, सविन श्रेष्ठ, रुविना थापा, निराजन प्रधान, प्रमोद अग्रहरी, सन्जोग रसाइली, पुनम श्रेष्ठजस्ता चर्चित कलाकारहरुको अभिनय रहनेछ ।

फिल्ममा सुजन परियारको कस्टुम डिजाइन र बनिश शाहको सम्पादन रहनेछ । पदम पुरी सह निर्माता र विमला हुँमागाइँ निर्माता रहेको फिल्मको प्रोडक्सन म्यानेजर करन सिंह हुन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ