देउखुरीका आइसोलनको अनुगमन , सिमित श्रोत साधन,, उच्च मनोवलमा स्वास्थ्यकर्मी

2021-06-03

दिवाकर पोख्रेल

देउखुरी, जेठ । देउखुरीका स्थानीय तहबाट संचालनमा आएका कोरोना विशेष अस्पतालको व्यवस्थापन तथा जनशक्तीको अवस्था सन्तोषजनक नभएको निष्कर्ष निकालेको छ । राजनीतिक दल,विभिन्न सामाजिक संघसस्थाका प्रीतनिधि सहभागि सर्वपक्षिय सर्वदलिय अनुगमन तथा समन्वय समितिले देउखुरीमा सिमित श्रोत साधनमा उच्च मनोवलमा स्वास्थ्यकर्मीले सेवा दिएको निष्कर्ष निकालेको हो ।

देउखुरीका चारवटा पालिका लमही, राप्ती, गढवा र राजपुरमा रहेको कोरोना अस्पताल र स्वास्थ्य अवस्थाको अनुगमन गर्ने क्रममा स्थानीय सरकारबाट कोभिड १९ नियन्त्रण तथा उपचारको लागि चालिएको प्रयासमा सन्तोष गर्ने अवस्था नभएको टोलीको निष्कर्ष छ । स्वास्थ्यकर्मीबाट समिति श्रोत साधनका वावजुत पनि सक्दो सेवा दिलाउने प्रयासको प्रशशा गर्दै समितिले स्थानीय सरकारबाट कोरोना विशेष अस्पतालको लागि अझ धेरै व्यवस्थापन गर्न आवश्यक रहेको ठहर समेत गरेको छ । अनुगमन तथा समन्वय समितिमा सहभागि नेकपा एमालेका क्षेत्रीय इन्चार्ज नारायण छम्पालीले स्थानीय सरकारबाट भएका प्रयास सन्तोष गर्ने ठाउँ अझै नभएपनि स्वास्थ्यकर्मीले सिमीत श्रोतसाधनमा उच्च मनोवलले काम गर्नु सकरात्मक पक्ष भएको बताउनुभयो ।

यस्तै नेपाली काँग्रेसका क्षेत्रीय सभापति भेषराज पाण्डेले लमहीमा स्थापना गरिएको देउखुरी स्तरीय कोरोना विशेष अस्पतालमा थप सेवा उपलव्ध गराउन आवश्यक रहेको जानकारी दिनुभयो । यस्तै नेकपा माओवादी केन्द्रका लमही नगर सचिव बसन्त शर्माले अनुगमनले सकरात्मक शन्देश दिएको भन्दै स्वास्थ्यकर्मीको मनोवल बढाउने गरी अपुग भएको विषयमा स्थानीय, प्रदेश र संघीय सरकारसंग समन्वय गर्ने बताउनुभयो ।

बेड खाली,सङक्रमितको संख्या घट्दै

No description available.

देउखुरीको राजपुर गाउँपालिकामा स्थापना गरिएको कोरोना अस्पतालमा रित्तो छ । सङक्रमितले होम आइसोलेसनमा बस्न रुचाएका कारण र सङक्रमतिको संख्या नै कम भएका कारण अस्पतालमा रहेका सबै बेड खाली भएका हुन । हामी सेवाको लागि तयार छौ, केही सङक्रमित होम आइसोलेसनमा बस्नु भएको छ यहाँ अस्पताल पुरै खाली छ, राजपुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कमल रोकाय भन्नुभयो ।

यस्तै लमही नगरपालिकाले देउखुरी बहुमुखी क्याप्समा स्थापना गरेको आइसोलन केन्द्रमा एकजना पनि विरामी छैनन् । सकृय सङक्रमितको संख्यामा कमी आएका कारण देउखुरी स्तरीय कोरोना विशेष अस्प्तालमा पनि वेड खाली हुन थालेको छ । देउखुरी कोरोना विशेष अस्पतालका प्रमुख डा. भुसालले २५ बेडको अस्पतालमा १६ जना मात्र कोरोनाका विरामी रहेको जानकारी दिनुभयो । सकृय सङक्रमतिको संख्या घट्दो क्रममा रहेपनि स्थानीय पालिकामा स्वास्थ्य जनशक्तीको अवस्था भने अपुर्ण रहेको बताइएको छ ।

राप्ती गाउँपालिकामा एकजना मात्रै डाक्टर रहेका कारण चौविसै घण्टा सेवा दिइरहनु परेको र स्वास्थ्यकर्मीको जनशक्ती कम भएको स्वास्थ्य शाखाका नारायण रावतले जानकारी दिनुभयो । गाउँपालिका तथा नगरपालिकामा स्थापना गरिएका अस्पतालमा स्वास्थ्यकर्मीको अभाव छ । गढवा गाउँपालिले एकजना डाक्टरलाई कोरोना विशेष अस्पतालमा पठाएकाले स्वास्थ्यकर्मीको अभाव भएको छ ।

No description available.

देउखुरी स्तरीय अनुगमन तथा समन्व्य समितिले लमही अस्प्तालको पनि स्थलगत अनुगमन गरेको हो । समितिले स्वास्थ्यकर्मीसंग कुरा गर्दै उच्च मनोवलका साथ काम गर्न आग्रह गर्दै अस्पतालमा देखिएको समस्या हल गर्ने प्रतिबद्धता समेत जनाएको छ । लमही अस्पतालकी प्रमुख डा रन्जीता महतोले सिमित श्रोत साधनमा पनि आफुहरुले सेवा दिइरहेको भन्दै स्थानीय सरकारबाट सकरात्मक आश्वासन पाएकोले अस्पतालको सेवा थप प्रभावकारी बनाउन लागि परेको दाबी गर्नुभयो ।

अनुगमन समितिमा नेकपा एमालेबाट नारायण छम्पाली, धुप नारायण चौधरी,नेपाली काँग्रेसका तर्फबाट भेषराज पाण्डे, जानकीलाल बस्नेत,कर्णवहादुर थापा,नेकपा माओवादी केन्द्रका बसन्त शर्मा विक्रान्त, नेकपा एमाले माधव समुहबाट मिना गूरुङ, जनता समाजवादीका भरतलाल चौधरी, राष्ट्रिय जनमोर्चाका हरी वहादुर थापा,देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष खगेश्वर खनाल, उपाध्यक्ष केशव पोख्रेल, रोटरी क्लवका रवी आचार्य,चेम्बर अफ कमर्सका अजय न्यौपाने,पत्रकार लगायतको सहभागिता रेहको थियो ।
यसै क्रममा दाङमा अहिले कोभिड १९ का सकृय सङक्रमित ११ हजार एकसय ४६ रहेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दका अनुसार दाङमा १० हजार एक सय ४ जना निको भएका छन भने हाल सम्म कोभिड १९ बाट दुइसय २५ जनाले ज्यान गुमाएका छन् । सकृय सङक्रमीत मध्ये छ सय ४८जना होम आइसोलेसनमा छन् ।

No description available.

 




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ