सुदूरपश्चिममा अक्सिजनको हाहाकार

2021-05-07

कैलाली - सुदूरपश्चिममा अक्सिजनको हाहाकार भएको छ। अक्सिजनको अभावमा सुदूरपश्चिमका अस्पतालहरुमा उपचार गराइरहेका कोरोना संक्रमित र अन्य बिरामीको ज्यान जोखिममा परेको छ।

हिजो राति हावाहुरीपछि बन्द भएको धनगढीस्थित एकमात्रै मालिका अक्सिजन उद्योग बिहान सचालनमा आएपनि यहाँको मागलाई धान्न सक्ने अवस्थामा छैन।

नेपालगञ्जमा रहेको अक्सिजन उद्योगले स्थानीय प्रशासनको दवावमा सुदूरपश्चिममा आउने अक्सिजनमा भारी कटौती गरेको छ।

सुदूरपश्चिमबाट अक्सिजन लिन गएका गाडीह हिजोदेखि नै नेपालगञ्जमा थन्किएका छन् । सुदूरपश्चिमको सबैभन्दा ठूलो अस्पताल सेती प्रादेशिक अस्पतालमा अक्सिजनको चरम अभाव भएको अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयले बताए।

तत्काल अक्सिजन आपूर्ति हुन नसके स्थिति भयावह हुन सक्ने मेसु पाण्डेयकाे भनाइ छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ