कतै अण्डा बिग्रिएको त छैन ? यसरी पत्ता लगाउनुहोस्

2017-10-17

अक्सर हाम्रो भान्सामा अण्डा पाक्छ । अण्डा पकाउन छिटो र खान उत्तिकै मीठो । तर, अण्डा खरिद गर्दा त्यो बिगि्रएको छ/छैन भन्ने कुराको हेक्का हामीलाई नहुनसक्छ ।

अण्डा बिगि्रएको छ/छैन भन्ने कुरा हेरेर थाहा पाउने कुरा भएन । यसको उत्पादन मिति पनि हुने कुरा भएन । यद्यपि, धेरै झण्झट मान्नु पर्दैन । केही काइदा छन्, जसले अण्डाको अवस्था बुझ्न सकिन्छ । त्यो पनि सजिलै ।

चिसो पानीमा डुबाउनुस्

अण्डालाई चिसो पानी राखेको कचौरामा हाल्नुस् । पानीको मात्रा अण्डाभन्दा दोब्बर हुनुपर्छ । ताजा अण्डा पानीमा डुब्छ र कचौराको भित्तामा टाँसिन्छ ।

अण्डा केही पुरानो छ भने न पूरा पानीमा डुब्छ, न पूरै उत्रिन्छ । एक साता पुरानो अण्डा यस्तो हुन्छ । यस्तो अण्डा छिटो खाइहाल्नुपर्छ ।

अण्डाको पातलो भाग तल र मोटो भाग बाहिरतिर रह्यो भने यसको अर्थ अण्डा कम्तिमा तीन साता पूरानो हो ।

यदि अण्डा पानीको सतहमा तैरिन लाग्यो भने बुझ्नुस् अण्डा खराब भइसकेको छ । यस्तो अण्डा खानु हुँदैन ।

हल्लाएर हेर्नुस्

अण्डालाई कान अगाडि लैजानुस् र हल्लाउनुस् । यदि आवाज आयो भने बुझ्नुस् अण्डा बिगि्रसकेको छ । कुनै आवाज आएन भने खानयोग्य हुन्छ ।

कतै भ्रुण त बनेन ?

अण्डामा भ्रूणको विकास भएको हुन सक्ने डर धेरैलाई हुन्छ । तर, ठूलो परिमाणमा हुने अण्डा उत्पादनमा कुखुरा कुखुरीको सम्पर्कमा हुँदैनन् ।

सानो र्फममा भने कुखुरा र कुखुरीबीच सम्पर्क भएको हुन सक्छ । र, अण्डामा भ्रुणको विकास भएको हुन सक्छ ।

चिसो अण्डामा कुनै प्रकारको निषेचन हुँदैन । दुवै प्रकारका अण्डामा पौष्टिक तत्व समान हुने भएकाले यसको सेवनमा कुनै जोखिम हुँदैन ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ