ढलबाट निकालियो ४३ किलो सुन, ३ हजार किलो चाँदी

2017-10-17

सुनचाँदीलाई त मानिसले लकर वा सेफमा राख्छन् जतन गरेर । तर यो दुनियामा एउटा यस्तो देश पनि छ ढल तथा नालीमा सुन बग्दछ । दुनियाको सबैभन्दा सम्पन्न देशहरु मध्येको एक स्विजरल्याण्डमा हरेक वर्ष करोडौँ रुपैयाँ मूल्य पर्ने सुन ढलमै बगाइन्छ ।

हालैको एक रिपोर्टले यो कुराको खुलासा गरेको छ । शोधकर्ताहरुले जब ढलमा रहेका ठोस फोहोर निकालेर ती फोहोर छुट्टाएर अध्ययन गरे । तब त्यस्तो फोहोरमा सुनचाँदीका अत्यधिक टुक्राहरु भएको पाइयो । विभिन्न ठाउँको ढलको ठोस फोहोर प्रशोधन गर्दा ३ हजार किलो चाँदी तथा ४३ किलो सुन जम्मा भएको छ ।

आखिर फोहोर बग्ने ढलमा यति धेरै बहुमूल्य सुनचाँदी कसरी पुग्यो त ? वास्वतमा यो सुनचाँदी कोही मानिसले टुक्रा पारेर फ्याँकेको होइन । स्विजरल्याण्डका विभिन्न घडी कम्पनी तथा केमिकल कारखानाहरुबाट निस्किने फोहोरमा यस्तो सुनका टुक्राहरु हुने गर्दछन् ।

स्विस फेडरल अफिस फर इन्भारोमेन्टको एक अध्ययनले यो कुराको खुलासा गरेको छ । अध्ययनका क्रममा देशभरका ६४ वटा ढल प्रशोधन प्लान्टको सर्भेक्षण गरिएको थियो । कतिपय क्षेत्रका प्रशोधन प्लान्टमा सुनको मात्रा धेरै पाइयो भने कतिपयमा कम पाइयो । धेरै संख्यामा सुन प्रशोधन कारखाना रहेका दक्षिणी स्विजरल्याण्डका ढल प्रशोधन प्लान्टमा सुनको मात्रा समेत अत्यधिक धेरै पाइएको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ