आन्तरिक उडानमा कोरोनाको असर न्यून

2021-04-12

काठमाडाैं - अन्तरिक हवाई उडानमा कोरोनाको असर न्यून देखिएको छ। पछिल्लो महिनाको हवाई यात्रुको संख्या हेर्ने हो भने आन्तरिक उडान गर्दै आएका एयरलाइन्स कम्पनीले कोरोना असर भोग्न नपरेको तथ्यांक सार्वजनिक भएको छ।

कोरोनाका कारण २०२०का मार्चदेखि ६ महिनासम्म ठप्प जस्तै भएको आन्तरिक उडान सन् २०२१को मार्चमा आउँदा सकै नरम अवस्थमा आइपुगको छ। सन् २०२०को मार्चमा कोरोनाका कारण आन्तरिक हवाई उडानमा ठूलो प्रभाव देखिएको थियो। तर, अहिले आन्तरिक उडान सामान्य भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार मार्च महिनाको आन्तरिक हवाई यात्रु अहिलेसम्म बढी भएको छ। कोरोनाको संकट भोगेको समय सन् २०२० भन्दा अगाडि सन् २०१९मा आन्तरिक हवाई यात्रुको संख्या २ लाख ६४ हजार ५ सय ४५ थियो। तर, सन् २०२१को मार्चमा आन्तरिक हवाई यात्रुको संख्या ३ लाख ४६ हजार ४ सय ७१ पुगेको छ।

कोरोना कहरकै बीच सन २०२१ मार्चमा ७ हजार ८ सय ६४ वटा उडान तथा अवतरण भएको छ। तर, सन् २०१९मा उडान संख्या अहिलको भन्दा बढी थियो। सन् २०१९मा कुल ८ हजार २ सय ७१ थियो। तर, उडान संख्या बढी भए पनि यात्रु संख्या भने अहिलेको सन् २०२१ को भन्दा कम थियो।

आन्तरिक हवाई यात्रु बढनुको प्रमुख कारण सजह र सस्तो दरको हवाई टिकट नै प्रमुख कारण रहेको एयरलाइन्स कम्पनीका सञ्चालकहरु बताउँछन। केही दिनअगाडि मात्रै बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतले पनि आन्तरिक हवाई उडान सामान्य अवस्थामा फर्केको बताएका थिए। उनले हवाई यात्रु बढन्को प्रमुख कारण सहज र सस्ता टिकटसँगै उडान कम जोखिम भएको बताए।

एक महिनामै साढे ३ लाख यात्रु

मार्च महिनामा मात्रै आन्तरिक हवाई यात्रा गर्नेको संख्या ३ लाख ६४ हजार ४ सय ७१ रहेको छ। मार्च महिनामा ७ हजार ८ सय ४६ वटा उडान तथा अवतरण भएका छन। त्यसमा पनि काठमाडौंबाट बाहिर जाने यात्रुको संख्या १ लाख ७३ हजार ५सय ५९ रहेको छ भने बाहिरबाट काठमाडौं आउनेको संख्या १ लाख ७२ हजार ८ सय ७९ रहेको छ।

आन्तरिक हवाई उडानमा सबैभन्दा बढी यात्रु भने बुद्ध एयरले बोकेको छ। बुद्ध एयरले ३ हजार २ सय २१ उडान तथा अवतरणमार्फत १ लाख ८५ हजार १ सय ५५ यात्रुलाई हवाई सेवा दिएको छ।

यसैगरी यती एयरलाइन्सले १ हजार ७ सय ४४ वटा उडान तथा अवतरणमार्फत ८७ हजार ९ सय ७० यात्रुलाई आन्तरिक हवाई सेवा दिएको छ। यसैगरी श्रीले ५४ हजार २ सय ४९ , सौर्यले ८ हजार ५ यि २६ र नेपाल एयरलाइन्सले २ हजार १ सय ९८ यात्रुलाई सेवा दिएको छ।

कुन एयरलाइन्सले कति यात्रु बोके?




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ