बिन्ध्यवासिनी म्यूजिकद्वारा विभिन्न विधामा अवार्ड घोषणा (कसले के पाए ?)

2021-04-11

काठमाडौँ - बिन्ध्यवासिनी म्यूजिक प्रालिले २०७७ का लागि अवार्ड पाउने बिजेताहरुको घोषणा गरेको छ। काठमाडौस्थित होटल याक एण्ड यतिमा एक कार्यक्रमको आयोजना गर्दै बिजेताहरुलाई सम्मान तथा अवार्ड वितरण गरिएको हो।

यो वर्षको विन्ध्यवासिनी लाईफटाइम अचिभमेन्ट अवार्ड गायक श्री योगेश वैद्यले प्राप्त गरे। जस अनुसार उनले सम्मान संगै नगद १ लाख हात पारे। त्यस्तै, विन्ध्यवासिनी संगीत साधना सम्मान गायिका श्री कुन्ती मोत्तानले हात पारिन। उनले सम्मान संगै ५० हजार हात पारिन। गायिका श्री माण्डवी त्रिपाठीले विन्ध्यवासिनी संगीत रत्न सम्मान जित्दा विन्ध्यवासिनी संगीत कला पत्रकारिता सम्मान पत्रकार श्री अनन्त वाग्लेले हात पारेका छन्। उनीहरुले जनही २५/२५ हजार हात पारे।

यो वर्षको पपुलर अवार्ड पल शाह र अनु शाहले पाए।

हेर्नुहोस कसले के अवार्ड पाए ?
विन्ध्यवासिनी लाईफटाइम अचिभमेन्ट अवार्ड : गायक श्री योगेश वैद्य (नगद १ लाख)
विन्ध्यवासिनी संगीत साधना सम्मान : गायिका श्री कुन्ती मोत्तान (नगद ५० हजार)
विन्ध्यवासिनी संगीत रत्न सम्मान : गायिका श्री माण्डवी त्रिपाठी (नगद २५ हजार)
विन्ध्यवासिनी संगीत कला पत्रकारिता सम्मान : पत्रकार श्री अनन्त वाग्ले (नगद २५ हजार)
पपूलर अवार्ड : नायक नायिका श्री पल शाह र श्री अनु शाह
अन्तराष्ट्रिय संगीत सम्मान : श्री सुरज गैरे विवश दुबई
पब्लीक च्वाईस अवार्ड : गायक श्री नरेश खाती
जूरी अवार्ड गायक : श्री रमेशराज भट्टराई र गीतकार श्री बि. पाण्डे

सर्बोत्कृष्ट गीत :माया हे माया : श्री ध्रुवप्रसाद अम्गाई

सुगम संगीत सर्बोत्कृष्ट गायक : अस्तायौ किन तिमी : श्री अजर जंगम

सुगम संगीत सर्बोत्कृष्ट गायिका :मुटु जली खरानि भो : श्री पूर्णिमा तामाङ (लामा)

सुगम संगीत सर्बोत्कृष्ट संगीत : म एकदिन झरीमा : श्री बिबि. अनुरागी

सुगम संगीत सर्बोत्कृष्ट रचना : पत्थरको जस्तो मुटु : श्री मोहन कुमार खत्री

सर्बोत्कृष्ट एरेञ्जर (संगीत संयोजन) : जिन्दगीको के छ र भर :श्री उदयराज पौडेल

सर्बोत्कृष्ट पप गायक : तिमि र म : श्री धन किरण गुरुङ

सर्बोत्कृष्ट पप गायिका : फक्रिन नसकेको फुल: श्री सिर्जना कार्की

सर्बोत्कृष्ट यूगल गायन : बन चौरी : श्री रामचन्द्र काफ्ले र श्री जुनु रिजाल

सर्बोत्कृष्ट लोक दोहोरी गायक : बोलिदेउ आधार : श्री शिरिष देबकोटा

सर्बोत्कृष्ट लोक दोहोरी गायीका : निष्ठुरी रे : श्री सरिता कार्की

सर्बोत्कृष्ट लोकदोहोरी भाका : फुटेका चुरा : श्री प्रकाश सपुत

सर्बोत्कृष्ट लोकदोहोरी रचना : मन्जरी : श्री नवराज पन्त

सर्बोत्कृष्ट लोकदोहोरी गीत : बनपालेको लौरी : श्री करण न्यौपाने

सर्बोत्कृष्ट पप तथा आधुनिक भिडियो मोडल : तिमी यति राम्री : श्री दुर्गेश थापा र श्री प्राचि लामा

सर्बोत्कृष्ट राष्ट्रिय भावनाले ओतप्रोत गीत: देश नदूखोस: श्री तेजेन्द्र काफ्ले

सर्बोत्कृष्ट लोदोहोरी म्यूजिक भिडियो निर्देशक : लाईदिउ कि मोहनी : श्री काजिश श्रेष्ठ

सर्बोत्कृष्ट सुगम सगीत म्यूजिक भिडियो निर्देशक : डिजीटल फोटो: श्री देवेन्द्र पाण्डे

सर्बोत्कृष्ट सुगम संगीत महिला गीतकार : हिउँद लाग्यो : श्री बिनिता उप्रेति खनाल

सर्बोत्कृष्ट म्युजिक भिडियो छायांकार : बनमा तरुल : श्री राजेश घिमिरे

सर्बोत्कृष्ट म्युजिक भिडियो सम्पादक : तिमि जुन बन्यौ : श्री बिनोद बम

सर्बोत्कृष्ट लोक तथा दोहोरी नवप्रतिभा : माया मारेर : श्री समिक्षा अधिकारी

सर्बोत्कृष्ट पप तथा आधुनिक नवप्रतिभा : म हासे हास्छयौ र? : श्री देबेन्द्र बब्लू

सर्बोत्कृष्ट लोक तथा दोहोरी मोडल : किन अन्धो भइन म : श्री आशिरप्रताप जंग र श्री सारिका केसी.

 




थप समाचार


श्याम गिरी अर्थात् ‘रेडियो प्रेमी वान’ चल्तीका ‘टिकटक डान्सर’

श्याम गिरी अर्थात् ‘रेडियो प्रेमी वान’ चल्तीका  ‘टिकटक डान्सर’

३१ असार, बाँके । बाँके जिल्लाको सेरोफेरोमा अहिले श्याम गिरीलाई ‘रेडियो प्रेमी वान’ भनेर नचिन्ने सायदै कमै होलान्। कुनै जमानामा रेडियोको माध्यमबाट उनले प्रत्येक दिन आउने ...

सुरक्षा र नरेन अभिनित बुलाकी’ कात्तिक १८ गते प्रदर्शन हुने

सुरक्षा र नरेन अभिनित बुलाकी’ कात्तिक १८ गते प्रदर्शन हुने

नेपाली सिने जगतबाट अन्तराष्ट्रिय फिल्म फेस्टिभल ''कान्स '' को रेड कार्पेटमा हिडेर चर्चित बनेकी नायिका सुरक्षा पन्त र नायक नरेन खड्काको मुख्य भूमिका रहेको चलचित्र ...

‘बुलाकी’ पछि चलचित्र ‘म’ मा अभिनय गर्दै नरेन खड्का

‘बुलाकी’ पछि चलचित्र ‘म’ मा अभिनय गर्दै नरेन खड्का

काठमाडौँ - कान्तिपुर सिनेमा एकेडेमीले निर्माण गर्न लागेको चलचित्र ‘म’ मा अभिनेता नरेन खड्काको इन्ट्री भएको छ । उनको इन्ट्रीसँगै फिल्मको लाइनअप पनि पुरा भएको ...




ट्रेन्डिङ