आज उपत्यकामा सार्वजनिक बिदा, बैंकहरु भने खुला रहने

2021-04-11

काठमाडौं - आज आइतबार घोडेजात्राका अवसरमा सरकारले काठमाडाैं उपत्यकामा बिदा दिएको छ। तर,सार्वजनिक बिदा भए पनि बैंक तथा वित्तीय संस्था (वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनी) भने खुला रहने भएका छन्।

राष्ट्र बैंकले दिएको निर्देशनअनुसार वित्तीय संस्था भने बन्द नहुने भएका हुन्।

केन्द्रीय बैंकद्वारा २०७५ असारमा जारी निर्देशनमा असोज, पुस, चैत र असार महिनाको अन्तिम हप्ता (२५ गते र सो पछि) मसान्तसम्म शनिबार लगायतका जनसुकै सार्वजनिक बिदा पनि बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण काउन्टर र शाखा खोल्नुपर्ने उल्लेख थियो।

सोही अनुसार राजस्व संकलन गर्ने आन्तरिक राजस्व कार्यालय, करदाता सेवा कार्यालय र भन्सार कार्यालयसँगै राष्ट्र बैंक लगायत राजस्व कारोबार गर्ने सम्पूर्ण बैंक, चेक क्लियरिङका लागि अन्य बैंक तथा वित्तीय संस्था एवं नेपाल क्लियरिङ हाउस आज खुला रहने भएको हो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ