ललिता निवास प्रकरण : विजयकुमार गच्छादारको नाममा पुनः म्याद तामेल गर्न आदेश

2021-04-09

काठमाडाैं - ललिता निवास जग्गा प्रकरणका मुख्य आरोपी नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छादारको यस अघि तामेल भएको म्याद बदर हुने भएको छ। म्याद तामेल गर्ने प्रयास गरेको १ वर्ष पछि फागुन २३ गते उनको घरमा सुनसरी जिल्ला अदालतका कर्मचारीले म्याद तामेली गरेका थिए। म्याद तामेल भएको ३० दिन नाघिसक्दा पनि उनी अदालतमा हाजिर भएका थिएनन्।

शुक्रवार विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की र न्यायाधीश बालेन्द्र रुपाखेतीको इजलासले उक्त तामेली भएको म्याद बदर गर्न आदेश दिएको हो। अब अदालतले गच्छादारका नाममा पुनः अर्को म्याद तामेल गर्नेछ।

म्याद जारी गरेको एक वर्षसम्म पनि उनी उपस्थित नभएको हुँदा अदालतले फागुन २३ गते घरमा म्याद टाँस गरेको थियो। गत वर्ष फागुनमा विशेषले १५ दिनभित्र अदालत उपस्थित हुनु भनी म्याद पठाएपनि तामेल हुन नसक्दा वेपत्ते म्याद तामेली भएको थियो।

बालुवाटारको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा २०७६ माघ २२ गते गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ११३ रोपनी सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा चार मन्त्री र तीन पूर्वसचिवसहित १ सय १० जनालाई भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

यीमध्ये पूर्वमन्त्रीहरु चन्द्रदेव जोशी, छविराज पन्त हाजिर भएका छन्। विशेषले जोशीलाई साधारण तारेखमा रिहा गर्‍यो भने पन्तसँग पाँच लाख धरौटी माग गरेको थियो। विशेषले प्रतिवादी बनाएकामध्ये ‘हाइप्रोफाइल’ पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति गच्छदार र रामकुमार सुवेदी अझै फरार रहेका थिए। अदालतले वैशाख दोस्रो सातासम्म उपस्थित नभएमा सार्वजनिक सूचना जारी गर्ने तयारी गरेको थियो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ