चैत्र २४ को स्मरण र निर्णायक जनआन्दोलनको आवश्यकता !

2021-04-07
नारायण शर्मा

कार्यक्रमका अध्यक्ष कमरेड तथा उपस्थित विभिन्न राजनीतिक दल, संघसंस्था र आस्था-आदर्शसँग सम्बन्धित प्रतिबद्ध वा स्वतन्त्र बौद्धिक महानुभावहरु, पत्रकार वन्धुहरु तथा आयोजकहरु, हार्दिक अभिवादन !

सर्वप्रथम जनआन्दोलन २०४६ को सन्दर्भमा चैत्र २४ को हार्दिक स्मरण गर्दै वीरगती प्राप्त गने सहिद, बेपता, घाइते-अपाङ्ग योद्धाहरुप्रती यथायोग्य श्रद्धा र सलामी अर्पण गर्दछु !

देसमा फेरि अर्को सशक्त जन आन्दोलनको आवश्यकता भैरहेको वर्तमान सन्दर्भमा चैत्र २४ को विचारको स्पष्टता, भावनाको तीव्रता, आन्दोलनको उत्कर्षता र बलिदान र योगदानको उच्चतालाई आत्मसात गर्दै अघि बढ्न अनुरोध र प्रतिबद्धता पनि प्रकट गर्न चाहन्छु !
अब सीधै विषय केन्दृत हुने अनुमती समेत चाहन्छु !

१. कार्यक्रमको औचित्य र सन्दर्भ :
- देसमा चरम संकटका कारण विष्फोट र विद्रोहको अवस्था छ ।
- नेपाली मनोविज्ञान जन आन्दोलनसम्मत रहेको छ, जो ०३६, ०४६ र ०६२-६३ का जन आन्दोलनहरुमा राम्रोसँग अभिव्यक्त भएको छ ।
- आज नेपाली संसद/सांसद नपुंसक, प्रतिपक्षी लोभीपापी, पार्टी अपाङ्ग, नेता आत्मकेन्दृत, पदलोलूप, परनिर्भर र आउट डेटेड भएका छन् भने सडक पूर्ण खाली हुँदा सरकार उन्मत्त बनेको छ !
- अत: तेस्रो निर्णायक जनआन्दोलन अनिवार्य भएको छ र यसको लागि वैचारिक, राजनीतिक, भावनात्मक र संगठनात्मक आधार र पृष्ठभूमि निर्माण जरुरी छ ।
- त्यसै सन्दर्भमा यो कार्यक्रमलाई साझा बनाउनको लागि विभिन्न नेताहरु cp गजुरेल, cp मैनाली, नेत्रविक्रम चन्द विप्लवलगायतसँग फोनाबाट अनुरोध गर्दा साझा नहुने भएपछी सार्थक अभियान नेपालका अध्यक्ष एवं पुष्पलाल अध्ययन समाजका सदस्य भरत गौतमसँगको फोनवार्तापछि उहाँको समर्थन र सहयोगमा संयुक्त जनआन्दोलनका वैचारिक नेता-प्रणेता पुष्पलाल श्रेष्ठ सम्बन्धी हाम्रो आफ्नै संस्था पुष्पलाल अध्ययन समाजको आयोजनामा गर्ने निर्णय यही २२ चैत्रमा अध्यक्ष लोककृष्ण भट्टराई, बोर्ण बहादुर कार्की, मुकुन्द आचार्य, गोपीरमण उपाध्याय, निलकण्ठ तिवारी, चन्दा थापा र श्रीहरि श्रेष्ठलगायत उपलब्ध सदस्यहरुको उपस्थितिमा बसेको बैठकबाट गरी हतारमा प्रस्तुत कार्यक्रमको आयोजना हुन सकेको हो !

२. चैत्र २४ को कार्यक्रम आयोजक, स्पिरिट र उद्देश्य :
- आयोजक : संयुक्त राष्ट्रिय जनआन्दोलन अर्थात् तत्कालीन मशाल, मसाल, सर्वहारा श्रमिक संगठन, मालेमा र क्रान्तिकारी कम्युनिस्टहरु बाबुराम भट्टराई, नन्द कुमार प्रसाइँलगायतका शक्ति र व्यक्तित्वहरुको नयाँजनवादी क्रान्तिकारी संयुक्त मोर्चा ।
- आयोजित कार्यक्रम : नेपाल बन्द !
- स्पिरिट :
* त्याग, तपस्या, बलिदान र समर्पणको उच्छ स्पिरिट ।
- उद्देश्य :
* राजतन्त्रात्मक निरंकुश पंचायत व्यवस्थाको अन्त्य ।
* नयाँ जनवादी व्यवस्था, बहुदलीय संसदीय व्यवस्था होइन, नयाँजनवादी गणतन्त्रात्मक व्यवस्थाको स्थापना ।
* सुधारवाद होइन, आमूल परिवर्तन !
* वैदेसिक हस्तक्षेपमुक्त स्वाधीन व्यवस्था र समुन्नत अवस्था ।

३. २०४६ को जनआन्दोलनका मुख्य निर्माताहरु :
क. आन्तरिक निर्माता : - वैचारिक निर्माता पुष्पलाल र भौतिक निर्माता गणेशमान, पद्मरत्न, लोककृष्ण आदि !
ख. बाह्य निर्माता : देस- भारत र व्यक्ती- चन्द्रशेखर, हरकिसन सुरजित आदि ।

४. दुई शक्ति र धारहरु :
क. नेका-वाममोर्चा (एमाले, चौम, नेमकिपा आदि ७ वामपन्थी दलहरु) को संसदवादी-सुधारवादी धार ।
ख. मशाल, मसाल, सर्वहारा, मालेमावि र क्रान्तिकारी कम्युनिस्ट व्यक्तित्वहरु सम्मिलित संयुक्त राष्ट्रिय जनआन्दोलनको नयाँजनवादी गणतन्त्रको क्रान्तिकारी र राष्ट्रवादी धार ।

५. आन्दोलनका प्रभाव र परिणामहरु :
क. सकारात्मक :
- निर्दलीय पंचायत व्यवस्थाको अन्त्य र बहुदलीय संसदीय प्रजातान्त्रिक व्यवस्थाको पुनर्प्राप्ती ।
- जनता क्रान्ति चाहन्छन् भन्ने क. माओको भनाइको पुनर्पुष्टी !
- जनतामा क्रान्तिकारी चेतना र जागरणको वृद्धि ।
- केही पुँजीवादी लोकतान्तृक हक-अधिकारको प्राप्ती र यसको संरक्षण र सम्बर्द्धनप्रती जनताको ज्ञान र संघर्षचेतमा अभिबृद्धी !
ख. नकारात्मक :
- वैदेसिक हस्तक्षेप र उदारीकरणको प्रकोप गुणात्मक रुपले वृद्धि ।
- राष्ट्रियता, राष्ट्रिय स्वाधीनता , स्वाभिमान, सार्वभौमिकता, अखन्डता, स्वत्व, अस्तित्व र अस्मिताकै लोपको खतरा !
- देसको मुक्ती र जनताको प्रगतिको लागि भएको भव्य र दिव्य आन्दोलनको सही मर्म र उच्च भावना, लाखौं जनताको असिमित रगत पसिना र जनधनको अपूर्व लगानी-कुर्वानी र सात बर्षे बालक अनिश शाक्य लगायत सयौंको सहादत, अपाङ्गता र वेपत्ताका बाबजुद पनि पछिल्तिर आएर त प्रजातान्त्रिक योद्धा-नेताबाटै प्राप्त प्रजातन्त्रलाई राजाको पाउमा समर्पण गर्ने विडम्बना !
ग. सार र समग्र : जनता, जनतन्त्र, राष्ट्र र क्रान्तिकै निम्ति उच्च लगानी र कुर्वानी गरेर तत्काल केही उपलब्धि भएपनी पछिल्तिर ती उल्टिदै, खोसिदै र गुम्दै जाँदा क्रमशः धोका, विश्वासघात र गद्दारी हुन गएको दुखद विडम्बना भयो । यसप्रकारको विडम्बना अहिले पनि दोहोरिंदै आएको समेत छ । त्यसैले हामीले चैत्र २४ को महान् भावनालाई आत्मसात गर्दै गम्भीर ढङ्गले सोंच्ने र देस, जनता र क्रान्तिप्रतिको जिम्मेवारी र कार्यभारलाई बुझ्नु, बोक्नु र बढाउनु परेको छ ।

६. आगामी कार्यभार :
- आत्मनिर्भर र निर्णायक तेस्रो जनआन्दोलनको उत्थान, विकास र सफल पार्ने ।
- वर्तमान संसद निकम्मा भएकोले यसलाई निषेध गरि यसको सट्टामा सर्वोच्च र सर्वशक्तिमान सर्वपक्षीय अन्तरिम प्रतिनिधिसभाको निर्माण र यसैमार्फत संयुक्त अन्तरिम सरकारको गठन गर्ने ।
- वर्तमान सरकार स्वैछाचारी, प्रतिगमनकारी, दलाल र भ्रष्ट भएकोले अर्थात् जनविरोधी, राष्ट्रविरोधी र लोकतन्त्रविरोधी भएकाले यसलाई विघटन गरी जिम्मेवार र जवाफदेही, स्वच्छ र पारदर्शी अनि स्वाधीन र स्वाभिमानी सच्चा देसभक्त र जनतान्त्रिक पार्टी, नेता र व्यक्तित्वहरुको संयुक्त अन्तरिम राष्ट्रिय सरकार निर्माण गर्ने ।
- यसै अन्तरिम सदन र सरकारमार्फत :
क. सुशासन सुनिश्चित गर्ने !
ख. देस, जनता र क्रान्तिका हक, हित र उपलब्धिको संरक्षण र सम्बर्द्धन गर्ने । ग. राष्ट्रियता, जनतन्त्र र जनजीविकाको ग्यारेन्टी गर्ने !
घ. वर्तमान संसदीय व्यवस्था नेपाली विशेषता र मौलिकता, नेपालको सामाजिक-आर्थिक धरातल र नेपाली मानसिक-सांस्कृतिक अवस्था अनुकूलको वस्तुवादी, बैज्ञानिक र व्यावहारिक नभएकोले यस्लाई विस्थापित गरेर देसका सबै राष्ट्रिय पार्टीहरुले स्वीकारेको र संविधानमै गन्तव्यको रुपमा उल्लेख गरिएको समाजवाद अमूर्त भएकोले त्यसलाई बैज्ञानिक वा क्रान्तिकारी समाजवादको रुपमा मूर्तीकरण गरी यस्तो समाजवाद उन्मुख नयाँ र मौलिक नेपाली व्यवस्थाको मोडेल प्रस्तुत गर्ने ।
ङ. प्रस्तुत मौलिक नेपाली मोडेलको व्यवस्थाको अवलम्बन र संरक्षण गर्दै राज्यसंचालन गर्नको लागि नयाँ व्यवस्थाअनुकूलको नयाँ संविधान निर्माण गर्ने ।
- उक्त नयाँ संविधानको अनुमोदन, नयाँ स्थिर सरकार निर्माण, पुराना कानूनहरुको संशोधन र नयाँ कानून निर्माण लगायतका विभिन्न कार्यहरु गर्नको लागि स्थायी जनप्रतिनिधिसभाको निर्वाचन गर्ने र त्यसै सार्वभौमसत्तासम्पन्न जनप्रतिनिधिसभामार्फत निर्वाचित सरकारलाई जनताको निगरानी, नियन्त्रण, खबर्दारी र हस्तक्षेपको दायराभित्र रहेर स्थिर रुपमा राज्यसंचालन गर्नको लागि सम्पूर्ण सत्ताको हस्तान्तरण गर्ने !

७. उपरोक्त विषयहरुमा उपस्थितहरु सहमत हुन सके यसैमा सकेसम्म धेरैको सहमती जुटाई तेस्रो निर्णायक जनआन्दोलन संयुक्त रुपमै अविलम्ब गर्ने !
धन्यवाद !!

( २०४६ को जन आन्दोलन चैत्र २४ गते उत्कर्षमा पुगेकोले त्यसको स्मरणमा मनाइएको ३१ औं जन आन्दोलन दिवसका सन्दर्भमा आयोजित कार्यक्रममा पूर्व मशाल/माओवादी नेता एवं पुष्पलाल अध्ययन समाजका उपाध्यक्ष नारायण शर्मा द्वारा प्रस्तुत लिखित मन्तव्य)।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ