‘बादल’लाई गृहमन्त्री बनाएर ठुलो गल्ती गरेँ, आत्मालोचना गर्छु : प्रचण्ड

2021-04-06

काठमाडाैं - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रामबहादुर थापा ‘बादल’लाई गृहमन्त्री बनाएर आफूले गल्ती गरेको बताएका छन्।

१३ वर्षपछि रुकुम पुगेका प्रचण्डले त्यहाँ आयोजित सभामा आफू जनतासँग आत्मालोचना गर्न रुकुम आएको बताए। पार्टी विभाजन गरेर जानेलाई माथिल्लो पदमा राखेर आफूले गल्ती गरेको उनले स्वीकारे। ‘म माथि बम प्रहार गर्नेलाई मैले गृहमन्त्री बनाएँ। मैलै गल्ती गरेकै हो। आत्मालोचना गर्छु,’ उनले भने।

जनयुद्धका समयमा साथ दिएका सहिद परिवार र जनताको साथ नलिनु आफ्नो कमजोरी भएको उनले बताए। २०७० मा भएको दोस्रो संविधानसभा मोहन वैद्य समूहले बहिष्कार गरेको थियो। बादल तत्कालीन समयमा वैद्य समूहमा थिए।

२०७० को कात्तिक २७ मा प्रचण्डमाथि कञ्‍चनपुरमा बम प्रहार गरिएको थियो। कञ्‍चनपुरको देखतवली-१ स्थित कालागौंडीमा प्रचण्डलाई लक्षित गरी वैद्य समूहले बम विस्फोट गराएको थियो। मंगलबार बोल्ने क्रममा प्रचण्डले तत्कालीन समयको स्मरण गरेका हुन्।

फरक-फरक समयमा दलहरुबीच सहकार्य गर्दा पार्टीलाई क्षति पुगेको उनको भनाइ थियो। आफ्नो दलको तागत जनयुद्धमा साथ दिने जनता नै भएकाले उनीहरुको साथमा पार्टी अघि बढाउने उनले बताए। ‘प्रचण्ड कमजोर भइसक्यो, अब केही गर्न सक्दैन। संविधान उल्टाइदिए हुन्छ भन्‍ने छन्। क्रान्तिकारी जनताको ऊर्जा मसँग छ,’ उनले भने।

काठमाडौंभन्दा अबका धेरै समय जिल्लाहरुमा रहने आफ्नो योजना रहेको उनले सभामा सुनाए। काठमाडौं बसेर लडेको लडाइँले प्रतिफल नदिएकोले जिल्लामा धेरै समय बस्‍ने उनले सुनाए।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ