बागमतीमा नेपाल-खनाल समूहको समानान्तर कमिटी, संयोजकमा अष्टलक्ष्मी शाक्य

2021-04-06

काठमाडौं - एमालेको माधव नेपाल–झलनाथ खनाल समूहले बागमती प्रदेशमा समानान्तर कमिटी घोषणा गरेको छ। सबै तहमा समानान्तर कमिटी बनाउँदै अघि बढेको नेपाल–खनाल समूहले बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यको नेतृत्वमा १७५ सदस्यीय कमिटी घोषणा गरेको हो।

माधव नेपाल समूहले भने शाक्य संयोजक रहेको कमिटीलाई आधिकारिक भनेको छ। यसअघि नेकपा एमाले हुँदाकै कमिटीलाई पूर्णता दिएको भन्दै माधव नेपाल पक्षका नेता अरुण नेपालले भने, ‘हामीले बागमती प्रदेशको आधिकारिक कमिटी बनाएका हौं।’

यसअघि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बनाएको कमिटी विधान विपरित भएको भन्दै उनले यसअघिकै संयोजको नेतृत्वमा कमिटी पुनर्गठन गरेको दाबी गरे।

वागमती प्रदेशको सहसंयोजकमा केदार न्यौपाने, अरुण न्यौपाने र पशुपति चौलागाई रहेका छन् भने सदस्यमा सदस्यमा पेम्बा तामाङ, टोपबहादुर वाइबा, बसन्त मानन्धर, विष्णु देवकोटा, विष्णु लोहनी, रामप्रसाद अधिकारी, हरि प्रसाद शर्मालगायत छन् ।

समानान्तर कमिटी घोषणा कार्यक्रममा १७५ सदस्यीय कमिटीमध्ये १० जना पछि थप गर्ने जानकारी दिइयो ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ