कर्णालीमा एमालेका तीन मन्त्रीले दिए राजीनामा, सरकार अल्पमतमा

2021-04-06

काठमाडाैं - कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार अल्पमतमा परेको छ। नेकपा (माओवादी केन्द्र)बाट मुख्यमन्त्री बनेका शाहीलाई एमालेले साथ छोडेपछि अल्पमतमा परेका हुन्।

संसदीय दलको निर्देशनअनुसार माधवकुमार नेपालपक्षीय तीन मन्त्रीले मंगलबार राजीनामा दिएका हुन्। संयुक्तरुपमा राजीनामा दिनेमा आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा रहेका छन्।

चैत ४ मा बसेको संसदीय दलको बैठकले शाहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। तर, माधवपक्षीय सांसदले समर्थन फिर्ता नलिने अडान लिएको थियो। माधवपक्षीय सांसदले समर्थन फिर्ता नलिएपछि शाहीको सरकार टिकेको थियो।

एमालेको बलमा सरकार बनाएका शाहीले अब विश्वासको मत लिनुपर्ने भएको छ। शाहीका पक्षमा माओवादी केन्द्रका १३ सांसद छन्। एमालेसँग २० सांसद छन्। कूल ४० प्रदेशसभा सदस्य रहेको उक्त प्रदेशमा बहुमत पुर्‍याउन २१ जना आवश्यक पर्दछ। एमालेलाई बहुमत पुर्‍याउन एक जना मात्रै भए पुग्छ।

शाहीको पद जोगिन आठ सांसद आवश्यक पर्दछ। राप्रपाका एक सांसद रहेको कर्णालीमा एमालेलाई उक्त संख्याले बहुमत पुर्‍याउन सम्भव हुन्छ। शाहीले विश्वासको मत प्राप्त गर्न नसके माओवादी केन्द्र प्रमुख प्रतिपक्ष बन्‍नेछ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ