प्रचण्डको पुनरावलोकन मुद्दा प्रधानन्यायाधीशको बेन्चमा

2021-04-01

काठमाडाैं - नेकपा नाम विवादमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दर्ता गराएकाे पुनरावलाेकन निवेदनमा चोलेन्द्र शमशेर जबराले आफै हेर्ने भएका छन्। याे निवेदनमा उनीसिहत न्यायाधीश तेजबहादुर केसी तथ न्यायाधीश प्रकाश कुमार ढुंगानाकाे पूर्ण इजलास पेसी ताेकिएकाे छ।

प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबराले तीन न्यायाधीशकाे पूर्ण इजलास ताेकेका हुन्। उक्त इजलासले वहसबिनै पुनरावलाेकनकाे अनुमति (निस्सा) दिने वा नदिनेबारे निर्णय गर्नेछ।

सर्वाेच्चले निस्सा दिएमा याे विवादमा फेरि अदालतमा वहस हुनेछ। यदि निस्सा दिन अस्विकार गरेमा भने याे विवाद टुङ्गो लाग्नेछ। फागुन २३ गते न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीकाे इजलासले नेकपा नाम बदर हुने फैसला सुनाएकाे थियाे।

ऋषिराम कट्टेलले दर्ता गराएकाे रिटमा सर्वाेच्चले नेकपालाई एमाले र माओवादी केन्द्रकाे रुपमा ब्युँताइदिएकाे थियाे। नेकपाभित्र विवाद चरम भएकाे अवस्थामा अदालतकाे यस्ताे फैसला आएकाे थियाे।

नेकपा विवाद निर्वाचन आयाेगमा विचाराधीन रहेकै अवस्थामा अदालतकाे फैसला आएपछि यसकाे चाैतर्फी आलाेचना र समर्थन भएकाे थियाे।नेकपाभित्र कमजाेर भएका प्रधानमन्त्री केपी शर्मा ओली अदालतकाे फैसलापछि एकाएक बलियाे बनेका थिए।

फागुनमै ओलीले सिफारिस गरेकाे प्रतिनिधि सभा विघटन बदर गरेकाे अदालतले त्यसकाे केही समयपछि दुई पार्टीलाई अलगसमेत गराएकाे थियाे। ‘प्रचण्ड’ले आफ्नाे निवेदनमा अदालतकाे फैसला त्रुटिपूर्ण भएकाले उल्टिनु पर्ने जिकिर गरेका छन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ