रेशम चौधरीलाई छुटाउन वार्ता

2021-03-30

काठमाडौं - प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले सरकारी वार्ता टोली र थारू कल्याणकारी सभाको वार्ता टोलीबीच मंगलबार भएको वार्ता सकारात्मक भएको जानकारी दिएका छन्। सरकारी वार्ता टोलीका सदस्यसमेत रहेका उनले सामाजिक सञ्‍जालमार्फत उक्त जानकारी दिएका हुन्।

'नेपाल सरकार र थारू कल्याणकारी सभाको वार्ता टोलीबीच आज पहिलो चरणको वार्ता सिंहदरबारमा सम्पन्‍न भयो। वार्ता सौहार्द्रपूर्ण रह्यो र सकारात्मक दिशाउन्मुख रहेको छ। अर्को चरणको वार्तामा छिट्टै बस्‍ने सहमति पनि भएको छ,' उनले ट्‍विटरमा लेखेका छन्।

कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई सर्वश्वसहित जन्मकैदको सजाय सुनाइएका निलम्बित सांसद रेशम चौधरीको रिहाइको माग राखी आन्दोलनमा उत्रिएको संघर्ष समितिले सरकारी वार्ता टोलीसँग आज गृह मन्त्रालयमा छलफल गरेको हो।

थारु कल्याणकारी सभा र थरुहट/थारुवान संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिको वार्ता टोलीले गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा गठित सरकारी वार्ता टोलीसँग मंगलबार गृहमन्त्रालयमा छलफल गरेको थियो।

सरकारी वार्ता टोलीमा डा. भट्टराई र पूर्वसासंद भगवती चौधरी सदस्य छन्। थरुहटका तर्फबाट रुक्मिणी चौधरीको संयोजकत्वमा प्रेमलाल चौधरी, पदम नारायण चौधरी, चन्द्रबहादुर चौधरी, प्रभात चौधरीसहितको वार्ता टोली छ।

टीकापुर घटनामा थारु कल्याणकारी सभाका अध्यक्ष धनिराम चौधरी, सांसद रेशम चौधरीलगायतमाथि लगाइएको मुद्दा फिर्ता गरिनुपर्ने, थरुहट आन्दोलनको क्रममा मारिएकालाई सहिद घोषणा गर्नुपर्ने, लोकसेवा आयोगलगायत राज्यका विभिन्‍न निकायमा थारु समुदायका लागि छुट्टै आरक्षणको व्यवस्था गर्नुपर्नेसहितका १९ बुँदे माग राखेर केही दिनदेखि उनीहरु आन्दोलनमा छन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ