म्यानमारमा ज्यान गुमाउनेको संख्या ५००, सडकमा फोहोर फालेर आन्दोलन

2021-03-30

एजेन्सी - म्यानमारमा सैन्य कूविरुद्ध मानिसहरुको विरोध प्रदर्शन जारी छ । समाचार एजेन्सी रोयटर्सले एक संगठनलाई उद्धृत गर्दै १ फेब्रुअरीदेखि हालसम्म विरोध प्रदर्शनमा ज्यान गुमाउनेको संख्या ५०० पुगिसकेको जानकारी दिएको छ ।

यसैबीच एजेन्सीले मंगलबारदेखि मानिसहरुले एक सविनय अवज्ञा आन्दोलनको सुरुवात गरेका छन् जसमा उनीरुले सडकमा फोहोर फ्याँक्नेछन् ।

असिस्टेन्ट असोसिएशन फर पोलिटिकल प्रिजनर्स (एएपीपी) नामक संगठनले सोमबार म्यानमारमा १४ नागरिकको मृत्यु भएको जसमा कम्तीमा आठजनाको यंगूनको दक्षिणी ड्यागन जिल्लामा ज्यान गएको हो ।

प्रत्यक्षदर्शीका अनुसार सुरक्षाबललले ब्यारिकेड बनाएर राखिएको बालुवाको बोरा हटाउनका लागि हाई क्यालिबरको हतियार प्रयोग गरे । यो कस्तो प्रकारको हतियार थिए, त्यो अहिलेसम्म स्पष्ट हुन सकेको छैन ।

यस्तै सरकारी टिभीका अनुसार सुरक्षाबलले रोयट विपनको प्रयोग गरेका छन् । यसमार्फत् उनीहरु हिंस्रक उग्रवादी मानिसहरुलाई तितरबितर बनाउन चाहन्छन् । प्रहरी र सैन्य शासनका प्रवक्ताले अहिलेसम्म कुनै टिप्पणी गरेका छैनन् ।

संयुक्त राष्ट महासचिव एन्टोनियो गुटेरेसले म्यानमारका सैन्य प्रमुखलाई प्रदर्शन नदबाउन भनेका छन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ