सर्वोच्चले नेकपाबाट निकाल्यो, एमालेबाट पनि निकाल्न खोज्दैछन् : माधव नेपाल

2021-03-27

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतले आफूलाई नेकपाबाट घोक्र्याएर एमालेमा पठाइदिएको बताएका छन्। बृहत् नागरिक आन्दोलनले राजधानीमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा नेता नेपालले यस्तो बताएका हुन्।

'सर्वोच्चले बडो विचित्रको फैसला गरेको छ। सर्वोच्चले पुरानो ठाउँमा फर्क भनेर फैसला गरेको छ। पार्टीको कुरा डबलीमा भन्न मलाई गाह्राे छ। त्यहाँबाट पनि घोक्र्याएर निकालिएला। तर डराउने मान्छे होइन माधव नेपाल,' नेता नेपालले भने।

उनले आफ्ना लागि पार्टीको ढोका बन्द भएको समेत बताएका छन्। 'तपाईंहरूलाई पार्टीको कुरा पार्टीमा भन्दा भइहाल्यो नि भन्ने लागेको होला। तर पार्टीको ढोका बन्द गरिएको छ,' नेता नेपालले भने, 'पार्टीभित्र लोकतन्त्र नहुँदा म चिन्तित छु। तर कठोर निर्णयका लागि, चुनौती सामना गर्न तयार छु।'

'ओलीविरुद्ध मतदान हुँदा फ्लोर क्रस गर्नुहुन्छ?' भन्ने कृष्ण खनालको प्रश्नमा नेपालले भने, 'मलाई अप्ठ्यारो नपार्नुस्।'




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ