महन्थलाई प्रचण्डको प्रस्ताव : तपाईंको नेतृत्वमा सरकार बनाऔँ

2021-03-27

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई सरकारको नेतृत्व लिन आग्रह गरेका छन्।

शनिबार प्रज्ञा प्रतिष्ठानको नागरिक डबलीमा बोल्दै दाहालले ठाकुरलाई बालुवाटारमा ओलीसँग भेट्न जानु भन्दा सरकारको नेतृत्व लिएर समाधन गर्न आग्रह गरेका हुन्।

‘तपाई नै सरकार बनाउनुस् र हल गरौँ भन्ने मेरो प्रस्ताव हो। एक हप्ताभित्र हाम्रो सरकार बन्छ,’ उनले भने, ‘तपाईकै नेतृत्वमा सरकार बानऔँ अनि हल गरौँ। अब अरुको नेतृत्वमा किन जाने?’

संसदमा संविधान संशोधन प्रस्ताव लैजाने आफू नै भएको भन्दै दाहालले उक्त प्रस्ताव असफल बनाउने केपी शर्मा ओली नै भएको कुरा स्वीकार गर्न समेत उनले महन्थलाई आग्रह गरेका थिए।

‘विगतमा आज कहाँ भन्दा बालुवाटार, ओली कहाँ, भोलि कहाँ भन्दा ओलीसँग गरेकै हो,’ दाहालले भने, ‘अहिले त्यही भएर मसँग नागरिक समाज रिसाउनु भएको छ। तपाईहरु पनि यही नर्गनुस् फेरि मजस्तै हुनु होला। आउनुस तपाईको नेतृत्वमा सरकार बनाऔँ।’

ओली प्रवृत्तिमाथि प्रधानमन्त्री र पार्टी एकता लगेर बुझाएकोमा आफूले गल्ती गरेको उल्लेख गर्दै उनले ओली प्रवृत्तिविरुद्ध आफूले विद्रोह पनि गरेको उल्लेख गरे। प्रचण्डको प्रतिप्रश्न थियो, ‘मलाई अ‍ोलीविरुद्ध विद्रोह गर्‍यो भनेर किन भन्नुहुन्न?'




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ