नेपाल ट्रष्टको जग्गामा मुख्यमन्त्री निवास !

2021-03-22

काठमाडौं - नेपाल ट्रष्टको स्वामित्वमा रहेको हेटौँडास्थित पौने १० कठ्ठा जग्गामा बागमती प्रदेशका मुख्यमन्त्रीको आवास बन्ने भएको छ। मुख्यमन्त्रीको आवास निर्माणका लागि नेपाल ट्रष्टको जग्गा भाडामा उपलब्ध गराउने संघीय सरकारले निर्णय गरेको छ।

मन्त्रिपरिषद्‍को बैठकले मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिकास्थित नेपाल ट्रष्टको स्मामित्वमा रहेको ९ कठ्ठा १५ धुर जग्गा बागमतीका मुख्यमन्त्रीको निवास बनाउने प्रयोजनका लागि भाडामा दिने निर्णय गरिसकेको छ।

जग्गा लिज भाडामा दिने गरी नेपाल ट्रष्टको सिफारिसमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको प्रस्तावमा उक्त विषय मन्त्रिपरिषदमा पेस भएको थियो। सोही आधारमा जग्गा दिने निर्णय भएको हो।

९ कठ्ठा १५ धुर जग्गा वार्षिक १९ लाख १ हजार रुपैयाँ भाडामा प्रदेश सरकारको मुख्यमन्त्रीको निवास बनाउने दिने निर्णय भएको हो।

केही महिना अगाडिदेखि बागमती प्रदेश सरकारले मुख्यमन्त्री निवास बनाउने प्रयोजनका लागि हेटौँडाको जग्गा नेपाल ट्रष्टको कार्यालयसँग माग गरेको थियो। सोही जग्गामा मुख्यमन्त्री निवास बन्ने भएको हो।

ट्रष्टको स्वामित्वमा रहेको हेटौंडा उपमहानगरपालिका–१० को कित्ता नम्बर ३५५ को एक बिघा १९ कट्ठा ३.५ धुर जग्गामा रहेको कान्ति ईश्वरी गृह थियो।

उक्त जग्गामा मुख्यमन्त्री निवासका साथै संग्रहालय निर्माणका लागि माग प्रदेश सरकारले माग गरेको थियो। उक्त जग्गामध्ये ९ कठ्ठा १५ धुर (पौन १० कट्ठा) जग्गा लिजमा उपलब्ध गराउन र बाँकी जग्गामा संग्रहालय बनाउने प्रयोजनका लागि प्रदेश सरकारले जग्गा मागेको थियो।

प्रदेश सरकारको मागपछि ट्रष्टको ६२औं र ६३औं सञ्चालक समिति बैठकमा उक्त विषय प्रवेश भएको थियो। ट्रष्टको ६४औं सञ्चालक समिति बैठकले प्रदेशको मुख्यमन्त्रीको निवास र प्रशासकीय भवन निर्माणका लागि ९.७५ कट्ठा जग्गा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई २५ वर्षका लागि लिजमा उपलब्ध गराउने सम्झौता गर्न लेखी पठाउने निर्णय गरेको थियो। एक बिघा १९ कट्ठा ३.५ धुर जग्गामध्ये ९ कठ्ठा १५ धुर जग्गा लिजमा गएपनि बाँकी जग्गामा भने संगहालय निर्माण हुनेछ।

ट्रष्टको सञ्चालक समितिको बैठकले सरकारी दरमा उक्त जग्गा लिज (भाडा)मा दिन सिफारिस गर्ने निर्णय गरेको थियो। यसका साथै कान्ति–ईश्वरी गृहलाई संग्रहालयको रूपमा विकास गर्ने सम्बन्धमा विस्तृत परियोजना प्रस्ताव पेस गर्न समेत प्रदेश सरकारलाई पत्र पठाउने गरेको थियो।

सोही आधारमा पौने १० कठ्ठा जग्गा २५ वर्षका लागि बागमती प्रदेश सरकारको मुख्यमन्त्री निवास बनाउनका लागि भाडामा दिने निर्णय भएको हो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ