कमलपोखरीमा दुई करोड ५० लाख लिटर पानी भरिंदै

2021-03-19

काठमाडौँ महानगरपालिकाले केही दिनभित्र कमलपोखरीमा दुई करोड ५० लाख लिटर पानी भर्ने तयारी गरेको छ ।

पोखरीको पहिलो चरणरको पुनःनिर्माण यही चैत मसान्तसम्ममा सम्पन्न गर्ने र पोखरीमा पानी भर्ने तयारी रहेको महानगरपालिकाले जानकारी गराएको छ ।

नगर प्रमुख विद्यासुन्दर शाक्यले कामको प्रगतिबारेमा जानकारी दिँदै भने, “पोखरी पुनःनिर्माणको काम ७० प्रतिशतभन्दा बढी सम्पन्न भएको छ, अबको केही दिनमै हामी पोखरीमा दुई करोड ५० लाख लिटर पानी भर्ने तयारीमा छौँ, हल्ला गरेजस्तो गरेर हामीले पोखरीको बीचमा कङ्क्रिटको कमल राख्दैनौँ, पोखरी शतप्रतिशत वास्तुशास्त्रमा आधारित छ ।”

पोखरीको डिजाइनका बारेमा जानकारी दिँदै उनले पोखरीको चार कुनामा आकर्षक र संस्कृति झल्किने चारवटा मण्डप तथा पूर्वतिर मूलढोकासँगै एउटा गरी पाँचवटा मण्डप रहने बताए ।

वडा नं १ मा पुनःनिर्माण भइरहेको कमलपोखरीमा करिब रु छ करोड ३६ लाखको लगानी छ । पोखरी करिब २३ रोपनी १४ आना क्षेत्रफलमा फैलिएको छ ।

कमलपोखरीमा नौवटा चैत्य रहनेछन् भने पोखरी छिर्ने द्वारलाई नेपाली स्वरुप दिइने छ । पोखरी निर्माणमा नेपाली इँटा र दर्शनढुङ्गा प्रयोग गरिने छ ।

पोखरी आसपासमा नेपालीपन झल्काउन झिङ्गटीका छानायुक्त संरचना हुनेछन् । पोखरीमा पाँचवटा मकरधारा निर्माण गरिने योजना छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ