निःशुल्क औषधिहरु स्वास्थ्य संस्थामा पुग्दा ३ महिना मात्र म्याद बाँकी

2021-03-19

काठमाडौं - सरकारले निशुल्क वितरण गर्ने औषधिहरु म्याद गुज्रिन ३ महिना मात्र बाँकी रहेको अवस्थामा स्थानीय तहका सरकारी स्वास्थ्य संस्थामा पुग्ने गरेको पाइएको छ।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले बिहीबार सार्वजनिक गरेको मार्केटिङ एसिस्मेन्ट अफ हेल्थ केयर सर्भिस, क्वालिटी एन्ड प्राइज अफ मेडिसिन एन्ड किस्ट नामक अध्ययनले उक्त कुरा देखाएको हो।

काठमाडौं उपत्यकासहित बागमती प्रदेश र प्रदेश २ का १० वटा जिल्लाका अस्पताल, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, कम्युनिटी हेल्थ सेन्टरलगायतका स्वास्थ्यसंस्थामा अध्ययन गरिएको थियो।

अध्ययनका क्रममा करिब १५ प्रतिशत संस्थाले ३ महिनाभन्दा कम अवधिको म्याद रहेको औषधि आउने गरेको बताएका छन्। यस्तै ४५ प्रतिशत संस्थाले ३ महिनाभन्दा बढी अवधि म्याद भएको औषधि आउने गरेको बताएका छन्।

कतिपय औषधि प्रयोग गर्ने बिरामीलाई औषधिको म्याद गुज्रिने समयसीमाबारे जानकारी नै नभएको पनि अध्ययनका क्रममा पाइएको छ।

ट्रान्सपरेन्सीले इन्टरनेसनलले गरेको अर्को एक अध्ययनले कतिपय बिरामीलाई सरकारले दिने भनेको निःशुल्क औषधि नै नहुँदा बाहिरबाट औषधि खरिद गर्नुपर्ने अवस्था रहेकोसमेत पाइएको छ।

अध्ययनका क्रममा करिब १५ प्रतिशत स्वास्थ्यकर्मीले बिरामीलाई रुखो व्यवहार गर्ने गरेकोसमेत पाइएको छ। सो अध्ययनले औषधि खरिदको विषयमा स्थानीय तहहरू अझै अन्यौलमा रहेको समेत देखाएको छ।

अध्ययनकर्ताहरूले बिहीबार सो अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै सरकारले निःशुल्क औषधि वितरण गर्दा समयमै खरिद गरी वितरण गर्दा औषधि म्याद गुज्रिएर खेर जाने सम्भावना कम हुने सुझावसमेत दिएका छन्।

यस्तै, अध्ययनले खुला करारको अभ्यासमार्फत् नेपालको स्वास्थ्य सेवामा सुधार ल्याउनका लागि स्वास्थ्य सेवा प्रदायक व्यवसायी, सरकारी निकाय र नागरिक समाजले आफ्नो भूमिका बढाउनुपर्ने सुझावसमेत दिएको छ।

त्यसैगरी सार्वजनिक सेवाको गुणस्तरमा वृद्धि हुनुपर्ने, मूल्य र गुण्स्तरको अनुगमन नियमित हुनुपर्ने, खरिद प्रक्रियाका तथ्यांकको पारदर्शितामा देखिएको कमीलाई सुधार्नुपर्ने बताएका छन्।

उनीहरूले स्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि सार्वजनिक खरिदमा पारदर्शिताका साथै नियमन निकाय र नागरिकस्तरबाट समेत नियमित रुपमा खबरदारीको आवश्यकता रहेको समेत बताएका छन्।

कार्यक्रममा स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका निर्देशक डा भीमसिंह टिंकरीले देश संघीयतामा गएपछि स्थानीय सरकारसँग समन्वय गर्न समस्या भएको बताए।

उनले औषधि खरिदको विषयमा पहिला स्वास्थ्य मन्त्रालयले खरिद गरी स्थानीय तहमा वितरण गर्दा १८ महिनासम्मको म्याद रहेको औषधि मात्र स्थानीय तहमा जाने गरेको भन्दै अहिले स्थानीय तहले बजारबाटै सिधै औषधि खरिद गर्दा म्याद छिटो सकिने औषधि खरिद भएको हुनसक्ने बताए।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सहसचिव दामोदर रेग्मीले स्वास्थ्य क्षेत्रका औषधि तथा सामाग्री खरिदका लागि छुट्टै ऐन बनाउन लागिएको जानकारी दिए।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ