मूल्यवृद्धि ३ प्रतिशतभन्दा तल, निर्माण सामग्रीमा ६.२५ ले मूल्यवृद्धि

2021-03-16

काठमाडौं - चालु आर्थिक वर्षको सातौँ महिना (माघ)मा आइपुग्दा मूल्यवृद्धि तीन प्रतिशतभन्दा कममा झरेको छ। नेपाल राष्ट्र बैंकका अनुसार माघमा वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धि २.७० प्रतिशत रहेको छ।

अघिल्लो वर्षको माघमा मूल्यृद्धि ६.८७ प्रतिशत थियो। माघ महिनामा खाद्य तथा पेयपदार्थ समूहको मूल्यवृद्धि ३.०२ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि २.४४ प्रतिशत छ।

राष्ट्र बैंकका अनुसार २०७६ माघको तुलनामा २०७७ माघमा फलफूल, घिउ तथा तेल, दाल तथा गेडागुडी र सुर्तीजन्य वस्तुहरु उपसमूहको मूल्यवृद्धि क्रमशः १८.८४ प्रतिशत, १८.१४ प्रतिशत, १०.४१ प्रतिशत र १०.४१ प्रतिशत रहेको छ।

माघ महिनामा काठमाडौं उपत्यकामा २.१२ प्रतिशत, तराईमा २.७८ प्रतिशत, पहाडमा ३.३० प्रतिशत र हिमालमा २.०५ प्रतिशत मूल्यवृद्धि भएको छ। २०७६ माघमा यी क्षेत्रहरुमा क्रमशः ७.५८ प्रतिशत, ७.२९ प्रतिशत, ५.४६ प्रतिशत र ५.२८ प्रतिशत मूल्यवृद्धि रहेका थिए।

२०७७ माघमा वार्षिक विन्दुगत थोक मूल्यवृद्धि ६.१२ प्रतिशत रहेको राष्ट्र बैंकले जानकारी दिएको छ। अघिल्लो वर्षको माघमा यस्तो मूल्यवृद्धि ७.१३ प्रतिशत थियो। यो अवधिमा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ८.४१ प्रतिशत, ५.३३ प्रतिशत र ३.३९ प्रतिशत छ। माघमा निर्माण सामग्रीको थोक मूल्यवृद्धि ६.२५ प्रतिशत छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ