काठमाडौं भ्युटावरका ठेकेदार भेटवाल सहित ६ जनालाई धरौटीमा छाड्न आदेश

2021-03-16

काठमाडौं - सार्वजनिक सम्पत्ति हिनामिनामा पक्राउ परेका काठमाडौं भ्युटावरका ठेकेदार मनोजकुमार भेटवाल लगायतका ६ जनालाई विशेष अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

साविक रोयल मर्चेन्ट बैंक एण्ड फाइनान्स लिमिटेडको रकम हिनामिना प्रकरणमा भेटवालसहित बसन्त मल्ल, विकास श्रेष्ठ, मधुवनलाल श्रेष्ठ, भैरवप्रसाद भेटवाल र रविन लामा पक्राउ परेका थिए ।

विशेष अदालतका न्यायाधीशहरू प्रेमराज कार्की, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारुको इजलासले सोमबार ६ जनालाई नै धरौटीमा छाड्न आदेश दिएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए ।

अख्तियारले काठमाडौं भ्यूटावर निर्माण गरिरहेका ठेकेदार भेटवाललाई सार्वजनिक संस्थाको सम्पत्ति बदनियत तथा लापरबाही गरी हिनामिना तथा नोक्सानी गरेको भन्दै मुद्दा दायर गरेको हो । उनीसँग १३ करोड (११ करोड ११ लाख र २ करोड १५ लाख) रुपैयाँ भन्दा बढी बिगो तथा कैद सजाय माग गरिएको छ ।

उक्त प्रकरणमा अख्तियारले छुट्टा छुट्टै ११ वटा मुदा दायर गरेको छ। निज ६ व्यक्तिको धेरै जसो मुद्दामा संलग्नता रहेको दावी गर्दै अख्तियारले प्रतिवादी बनाएको छ।

रकम हिनामिना गर्ने कार्यमा संलग्नहरुलाई माग भएको धरौटी रकमको योगफल निकाल्दा अभियुक्तहरुसंग कम्तिमा १५ हजार देखि अधिकतम ३ लाख ६० हजार रुपैयाँ धरौटी माग भएको प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ